शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कबिता : प्रतिगमन बुझ्नु सजकता हुन्छ

कबिता : प्रतिगमन बुझ्नु सजकता हुन्छ

  • आइतवार, अशोज १६, २०७९
कबिता : प्रतिगमन बुझ्नु सजकता हुन्छ

सरकार सञ्चालन मा सधैं उनै नेताहरू भए
जनता ले नि पटकपटक तिनै लाई भाेट दिए
गरेनन पुराना नेताहरू ले जनताको भलाे
एकपटक राम्रो ब्यक्ति लाई जिताए हुन्छभलाे

ब्यबस्थामा फर्कि फर्कि तिनै टाउका हरु छन
खसी काे टाउको झुण्डाएर कुकुरको मासु बेच्नेहरु छन
सम्झौता र चाकरी बाहेक अर्को काम अाउँदैन यिनलाई
अब अाउने मंसिर मा किन भाेट दिने त्यस्तालाई

तर गम्भीर छ स्थिति प्रतिगमन ले टाउको उठाउदै छ
गणतन्त्र धराप मा पर्ने भयाे सबै मिल्नु काे बिकल्प भएन
यहाँ रास्टबादि हरु पनि रास्टघातिहरु संग मिल्नु पर्ने भयाे
ब्यबस्था नै खतरामा पर्ने भएसि बहुदलबादि हरु मिल्नै पर्ने भयाे ।

भिन्न मत त जहा र जहिले पनि अाउने गर्दछन
अापस मा भिडन्त गर्दागर्दै प्रतिगामी ले सत्ता समाउछन
प्राप्त उपलब्धि जाेगाउन काे लागि पनि गठबन्धन काे अाबस्यकता भयाे
गठबन्धन ले हार्याे भने प्रतिगमन लाई मालामाल हुने भयाे

याेजनाकार त बाहिर छ तलुवाहरु मात्रै देशमा छन
डलर खाएर नेपाली माटो दुर्गन्धित गर्नेहरु देशमा छन
पैसा देखायो भने मालिक ले सबै हुन्छ भन्छन
अाफुले देश लुट्न पाए जनताका समस्या कहाँ देख्छन ?

प्रतिगमन राेक्न काे लागि सबै शक्ति एकजुट हुनै पर्छ
अान्दोलन का उपलब्धि हरु त गुम्न भएन रबचाउनु पर्छ।
एकता त सङघर्ष एकता र सङघर्ष मै सिमित हुन्छ
सङघर्ष त एकता सङघर्ष र एकता मै सिमित हुन्छ ।

बुझ्नेले राजनीति दृस्ठिकोण बाट बुझ्नुपर्छ
नबुझ्ने ले पनि रास्टिय अस्थिरता हृेर्नुपर्छ
बिराेध कै लागि बिराेध गर्नु अराजकता हुन्छ
देशमा प्रतिगमकाे खतरा बुझ्नु नै सजकता हुन्छ ।

चर्चामा

सम्बन्धित समाचार