बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा मन्दिर पसेको भन्दै दलितलाइ कुट्ने त्रिबेणी ७ का वडा अध्यक्ष पक्राउ

बाजुरामा मन्दिर पसेको भन्दै दलितलाइ कुट्ने त्रिबेणी ७ का वडा अध्यक्ष पक्राउ

  • बिहिबार, अशोज १३, २०७९
बाजुरामा मन्दिर पसेको भन्दै दलितलाइ कुट्ने  त्रिबेणी ७ का वडा अध्यक्ष पक्राउ

बाजुरा — बाजुरामा पुजा गर्ने समयमा मन्दिर पसेको भन्दै एकजना दलितलाइ कुटेकाे अभियाेगमा त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध बहादुर अयडी पक्राउ परेका छन। अध्यक्ष जुद्ध ऐडी लगायतको समुहले मंगलबार नाट्यश्वरी मन्दिरमा नवरात्री बस्न गएको समयमा हातपात गर्नुका साथै आफूसंंग भएको नगद ६० हजार पनि खाेसेर लगेकाे  पीडित सुनारले बताएका छन ।

नवरात्री बस्न भनेर पुख्र्यौली ठेगाना बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर ५ नुवाघर घर भइ हाल कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारलाई त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध बहादुर अयडीको समुहले आफूहरु पुजा गरिरहेको स्थलमै आउन मिल्दैन भन्दै डुम शब्द प्रयोग गरी जातिय विभेद गर्दै कुटपीट र लुटपाट गरेको पिडित टेकेन्द्र सुनारले बताए ।

 वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध ऐडी र मन्दिरका पूजारी रङग उपाध्याय विरुद्ध पीडित सुनारले बडिमालिका प्रहरी चौकी पैमामा जातिय विभेद र लुटपाट सम्बन्धी जाहेरी दिए पछी वड अध्यक्षलाइ साेधपुछका लागि जिल्लामा ल्याइसकेकाे र बाकी दुइ जना फरार रहकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमख प्रहरी नायव उपिरक्षक सुर्य थापाले बताए ।

घटनाको बारेमा अनुसन्धान भइृरहेकाे प्रहरी प्रमुख थापाकाे भनाइ रहेकाे छ ।  घाइते  सुनारको आँखा कान नाक र पीठ्युमा ठुलो चोट लागेको प्रहरी प्रमुख थापाकाे भनाइ रहेकाे छ  ।

चर्चामा

सम्बन्धित समाचार