शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा विश्व रेविज दिवस मनाइयो

बाजुरामा विश्व रेविज दिवस मनाइयो

  • बुधबार, अशोज १२, २०७९
बाजुरामा विश्व रेविज दिवस मनाइयो

बाजुरा — बाजुरा सदरमुकाम मार्तडीमा विश्व रेविज दिवस बुधबार बिभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै  मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर २८ मा मनाइने रेविज दिवस बाजुरामा एक स्वास्थय अवलम्बन, रेविजबाट शुन्य निधन भन्ने नाराका साथ मनाइएको हो । दिवसका अवसरमा भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराकाे आयाेजनामा १६ आैँ रेबिज दिवस मनाइएकाे भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख सिद्धराज जाेशीले बताए  ।

बहुला कुकुरको टोकाइबाट मानिसमा सर्ने रेविज रोग विरालो, न्याउरीमुसा र स्यालको टोकाइबाट यो रोग सर्ने गर्दछ ।  त्यस्तै रेविजका कारण हरेक बर्ष दुई देखि तीन जनाको मृत्यु हुने गरेको जाेशीले बताए । बहुला वा शंकास्पद कुकुर वा जनावरले टोकेको खण्डमा तुरुन्तै सम्भव भएमा सावुन पानी वा सफा पानीले टोकेको भागमा ५ मिनेटसम्म राम्ररी सफा गरी घाउमा डिटोल आयोडिनको झोल लगाउनु रेविजको प्राथमिक उपचार रहेको जाेशीले  बताए ।

कार्यक्रममा बडिमालिका नगरपालिका उप प्रमुख नन्दा थापा सहायक प्रमुख जिल्ला अधिकारी लाेकेन्द्र बहादुर बिष्ट लगायत जिल्ला स्थित सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनधीहरु पत्रकारहरुकाे सहभागीतामा बजार परिक्रमा गरि साे कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार