बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • काल्पनिक प्रेमिका र रुमल्लिएको मन

काल्पनिक प्रेमिका र रुमल्लिएको मन

  • बुधबार, अशोज ५, २०७९
काल्पनिक प्रेमिका र रुमल्लिएको मन

किन किन आज पटक्कै निद्रा परेको छैन । छट्पटिन्छु घरी यता, घरी उता । कोल्टे फेर्छु । निद्रा आँखाको आकाशबाट दूर क्षितिजमा कतै हराएजस्तो छ । बेलाबेलामा यस्तो त भई नै रहन्छ मलाई । शायद आज फिक्का चियाको डोज धेरै भएको छ । चिनी विनाको तीतो चिया खाने आदत जो छ । त्यो पनि डबल डोजमा । यही कालो चिया पिउने बानीले मेरो निद्राको आयु त्यसैत्यसै घटाइरहेको छ प्रतिदिन । त्यसो त निदाउनुमा भन्दा जाग्नुमा बढी आनन्द लाग्छ मलाई ।
एक्कासी चुरोट तलतल लागेजस्तो हुन्छ । विस्तराबाट उठ्छु । छामछुम गर्दै बत्ती बाल्छु । त्यसो त औंलाहरूलाई आदत लागिसकेको छ बत्तीको स्वीच ठम्याउन । बट्टाबाट एक खिली चुरोट निकाल्छु । लाइटरले सल्काउँछु । अनि बिस्तारै ओठको बीचमा च्याप्छु । उकुसमुकुस भएजस्तो लाग्छ । झ्याल खोल्छु नजिकै अडेसिन्छु र पर्दा खोल्दै मस्तसँग तान्न थाल्छु । धूवैधूवाँले छिनमै कुइरीमण्डल बनाउँछ कोठा । धूवाँमा रमाउने आदत जो लागेको छ । औधी मनपर्छ मलाई धूवाँ उडाउन । त्यसो त चुरोटको होस् या अरू कुनै धूवाँ । धूवाँमा हराउन मन लाग्छ । जिन्दगी पनि त एउटा धूवाँ नै हो आखिर । एक दिन फुस्स उड्छ अनि सकिन्छ धूवाँ बनेर ।

किन किन एउटा साहित्य स्टाटस कोर्न मन लाग्यो । दुइ शब्द कोरी पनि हालें ।
* यो एक्लो नि:शब्द रात यी ताराहरूको मादक प्रेम
* दिलमा तरङ्ग ल्याउने तिम्रा रूमानी यादहरू
* यो चुरोटको मृत्युमा उत्सव मनाइरहेको उमङ्ग

अधुरो प्रेमकथा ।
फेसबुकमा पोस्ट्याउँछु । समयको पर्वाह लाग्दैन मलाई । बेपर्वाह जो परें । खासमा आफ्नै खुशीमा हिंड्ने मान्छे म, आफैंमा आफैं रमाउन मनपराउँछु । बिन्दास बाँच्न मनपर्छ मलाई । निर्वाध रूपमा जिउनुको बेग्लै मजा हुन्छ । शायद मजस्तै गरी बाँच्नेलाई थाहा होला ।
प्रोफाइलमा क्लिक गरें । सुन्दर मुहार, मन्द मुस्कान, छोडिएको कपालमा निकै सुन्दर देखिने प्रोफाइल पिक्चर रहेछ । एकएक स्क्रोल गर्दै हेर्न थालें सबै तस्वीर । मध्यरातमा यसरी मजस्तै जागाराम बसेर कमेन्ट गर्ने आखिर को हो त ऊनि प्रश्न उठ्छ मनमा 👇 ?
मध्यरात कटेर पनि अर्को नयाँ बिहानीको एक बज्न लागिसकेको हुन्छ । सारा दुनियाँ मस्तसँग निद्रामा लुट्पुटिंदै, सपनाको दुनियाँमा आ-आफ्नो उडान भर्दै होलान् । म भने आमाले सानो छँदा सुनाएका भूतप्रेतका दन्त्यकथाको पात्र जस्तै भूत बनेर जाग्राम बसेको हुन्छु । पूरा रात बित्नै लागिसक्यो । यसरी आफ्नै तरिकाले जिउनुको पनि बेग्लै मजा हुन्छ लाइफमा । कविता फेसबुकमा पोस्ट्याएको पनि केही समय बितिसकेको हुन्छ । लाइक आउँछ्न् फाट्टफुट्ट । यो मध्यरातमा बसेर लाइक र कमेन्ट गर्ने मजस्तो पागल शायद अरू को नै पो भूत बनेर जागेको होला र यतिबेला । हाँसो उठ्छ मनमनै आफैंलाई देखेर । मुस्कुराउँछु । सोची नसक्दै फ्याट्टै पहिलो कमेन्ट आइहाल्छ । ‘मन छुने लेख्नुभयो’ अनि लभ रियाक्ट पनि । लभको रियाक्टको प्रतिक्रियामा गरें मैले पनि रिप्लाईमा । कहिल्यै रिप्लाई गर्न जरूरी नठान्ने मैले आज भने धन्यवाद लेखें पहिलोचोटि । खोइ किन हो आज आफ्नै औंलाहरू आफैं अनुमति विना नै कुद्दै थिए अक्षरको दौडमा । अरोमा नाम गरेकी अजनवी युवतीबाट शायद पहिलो पटक नै आएको थियो यो कमेन्ट । किन किन उसको प्रोफाइल चेक गर्न मन लाग्यो ।
प्रोफाइलमा क्लिक गरें । सुन्दर मुहार, मन्द मुस्कान, छोडिएको कपालमा निकै सुन्दर देखिने प्रोफाइल पिक्चर रहेछ । एकएक स्क्रोल गर्दै हेर्न थालें सबै तस्वीरहरू । मध्यरातमा यसरी मजस्तै जागा बसेर कमेन्ट गर्ने आखिर को हो ऊ । फोटो खिच्न मन पराउने देखियो सबै तस्वीरहरू हेर्दा , साहित्य स्टाटस हरु हेरियो । फरक-फरक पोजमा, फरक-फरक ठाउँ र परिवेशमा थुप्रै फोटोहरू खिचेकी रहिछ । साह्रै राम्री लाग्यो लगभग एकाध घन्टा लगाएर सबैजसो फोटो हेरें । जब सबै हेरेर सकियो निद्रा त हराएकै थियो । झन् अनौठो छट्पटी भो । मन कौतूहल भो । बेचैनी छुट्यो कस्तो-कस्तो ।
उसको बारे झन् धेरै जान्ने उत्सुकता जाग्यो। फेसबुक इन्भेष्टिकेसन सुरु गरें , साथि क को रैछन , सबैलाइ बुझ्न खोजे आफन्तलाइ सोध सुरु भयो । बोल्न मन लाग्यो एकाएक । यति राति यो समय के हुँदैछ मलाई म ठम्याउन सकिनँ । मनलाई कति सम्झाउन खोज्छु तर दिमागको चल्दैन केही । भाषा बुझ्दैन दिलले दिमागको आजभोलि, बोल्न भन्न मन लाग्यो एकपटक । जे सुकै सोचोस्, जे सुकै बुझोस् । हेलो लेखिहालें, छिनमै रिप्लाई आयो हजुर भन्ने शब्द । हजुरभन्दा मन भित्रैसम्म छोयो । मलाई केटीहरूले हजुर भनेको साह्रै मीठो लाग्छ ।
कति मीठो लेख्नु हुन्छ हजुर । म आफ्नै काल्पनिक दुनियाँमा हराउँदै गर्दा उताबाट म्यासेज आइसक्छ । धन्यवाद भनें । म हजुरको ठूलो फ्यान हो भन्ने म्यासेज आयो । खुशी लाग्यो धन्यवाद भनें ।
– ‘म हजुरका स्टाटस र लेखेको ठुलो फ्यान हो भनि सधैं र सबै जसो पढ्ने गर्छु तर हजुरले चिन्नुहुन्न मलाई !’
– ‘ए हो र ? माफ गर्नुहोला आजदेखि चिनें नि त’ भनें अनि हाँसेको एमोजी सेन्ड गरें ।
फुर्सद नै फुर्सद थियो जीवनमा । दिनभरि सुत्नु र साँझ परेपछि एकान्तमा डुल्नुबाहेक केही काम थिएन । ‘भोलि नै भेटौं न त तपाईंलाई फुर्सद छ भने । तपाईंलाई पायक पर्ने ठाउँमा’, म्यासेज पठाएँ ।
हुन्छ भन्ने रिप्लाइ आयो तुरून्तै । मलाई किन किन उसलाई अहिल्यै भेटिहालौं जस्तो भएको थियो । योभन्दा अगाडि पनि त धेरै पाठकहरूसँग भेटेको थिएँ तर यति धेरै कौतूहल र बेचैनी कहिल्यै भएको थिएन ।
कुनै नयाँ उपन्यासकी अद्भुत पात्र जस्ती लाग्यो मलाई । संसारको उत्कृष्ट नशालु पदार्थभन्दा मादक दिने खालका थिए उसका नजर । समुद्रको गहिराइभन्दा गहिरा लाग्ने आँखा ।
नभन्दै उज्यालो भयो । घामले पृथ्वीलाई स्पर्श गर्यो । बिहान नौ बजेको समय दिएको थिएँ । घर नजिकको बजार किताबको पसल थियो किताब किन्ने न्यू मा भेट्न आग्रह गरेको थिएँ । छिटोछिटो तयार भएँ । तयार त के हुनुथियो र, हातमुख धोएँ, लुगा घुसारें अनि मोबाइल समातेर बाटो लागें । विचबजारमै भेट भयो

चर्चामा

सम्बन्धित समाचार