शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • खेलकुद
  • नेपालले आज बंगलादेशको सामना गर्दै

नेपालले आज बंगलादेशको सामना गर्दै

  • आइतवार, अशोज २, २०७९
नेपालले आज बंगलादेशको सामना गर्दै

बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले आज बंगलादेशको सामना गर्ने भएको छ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपाल र बंगलादेशबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ । लगातार तीन खेलमा हार व्यहोरेको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ ।

समूह ‘बी’ मा रहेको नेपाल अंक विहीन रहदै समूहको पुछारमा रहेको छ । नेपाल प्रतियोगिताबाट बाहिरिइसकेको छ । तर, नेपाल अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ ।

चर्चामा

सम्बन्धित समाचार