शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • अछाम पहिरो अपडेट : मृत्यु हुनेको संख्या १५ पुग्यो, ८ जना बेपत्ता

अछाम पहिरो अपडेट : मृत्यु हुनेको संख्या १५ पुग्यो, ८ जना बेपत्ता

  • शनिबार, अशोज १, २०७९
अछाम पहिरो अपडेट : मृत्यु हुनेको संख्या १५ पुग्यो,  ८ जना बेपत्ता

अछाम : अछाममा पहिरो परी मृत्यु हुनेको संख्या १५ पुगेको छ। पहिरोमा पुरिएका १५ शव निकालिएको जिल्ला प्रशासन कार्यालय जनाएको छ।  मृत्यु हुनेको संख्या सबैभन्दा बढी कमलबजार नरगपालिकाको रहेको छ। कमलबजार नगरपालिका ६ ठाँटीखाँदमा ७ जना, वडा नं. ८ मा ५ जना गरी १२ जनाको मृत्यु भएको छ।

यस्तै तुर्माखाँद गाँउपालिका ५ मा २ जना र ढकारी गाँउपालिका ६ मा एकजनाको शव भेटिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ। पहिरोमा परेका ८ जनाको अवस्था अझै अज्ञात छ। उनीहरुको खोजी कार्य जारी रहेको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए।

बेपत्ता हुनेमा तुर्माखाँद गाँउपालिकाका ७ जना र ढकारी गाँउपालिकाका एक जना रहेका छन्। तुर्माखादँमा पहिरोले २ घर पुरिएका छन् भने कलबजारमा २ घर र ढकारीमा एक घर पुरिएको छ।

तुर्माखाँदमा पहिरोमा पुरिएका ४२ वर्षीय नेत्रबहादुर शाही, उनकी पत्नी ३५ वर्षीया मनिषा देवी शाही, १६ वर्षिया छोरी बिमला शाही, १६ वर्षिया भतिजी जानकी शाहीको शव निकालिएको स्थानीय प्रतापबहादुर शाहीले जानकारी दिए । घटनास्थलमा रहेका शाहीका अनुसार पहिरोमा पुरिएका २३ वर्षीया भावना शाही, २० वर्षीया कमला शाही, १२ वर्षिय सुन्दर शाही, ४ वर्षीया करिश्मा शाही र १ वर्षीया मेलिना शाहीको खोजी भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार