शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • ५ वर्षमा संसदको खर्च ४ अर्ब ५७ करोड ३२ लाख, तलब भत्तामा मात्रै २ अर्ब खर्च

५ वर्षमा संसदको खर्च ४ अर्ब ५७ करोड ३२ लाख, तलब भत्तामा मात्रै २ अर्ब खर्च

  • शुक्रबार, भदौ ३१, २०७९
५ वर्षमा संसदको खर्च ४ अर्ब ५७ करोड ३२ लाख, तलब भत्तामा मात्रै २ अर्ब खर्च

संघीय संसदको ५ बर्षको कार्यकालमा ४ अर्ब ५७ करोड ३२ लाख ४० हजार १ सय १२ रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष २०७४/०७५ देखि आर्थिक वर्ष २०७८/०७९ मा संसदका पदाधिकारी, सांसद, स्वकीय सचिव, कर्मचारी, बैठक भत्ता, सवारी साधन मर्मत, घर भाडा लगायत विभिन्न शीर्षकमा सो रकम खर्च भएको हो ।

संसदका पदाधिकारी, सांसद, स्वकीय सचिव, कर्मचारी, बैठक भत्ता, पदाधिकारी अन्य सुविधा, पदाधिकारी अन्य भत्ता, महँगी भत्ता लगायतमा मात्रै कूल २ अर्ब ३ करोड २९ लाख ६२ हजार १ सय ९२ रुपैयाँ खर्च भएको छ ।

संघीय संसद सचिवालयका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा कूल १ अर्ब ४ करोड १४ लाख ३६ हजार ४ सय ८१ खर्च भएको थियो । यस्तै आर्थिक वर्ष २०७५/०७६ मा १ अर्ब १९ करोड ११ लाख ९७ हजार ७ सय १९ रुपैयाँ खर्च भएको थियो ।

आर्थिक वर्ष २०७६/०७७ मा १ अर्ब १८ करोड ६ लाख ८६ हजार ४ सय ३ रुपैयाँ खर्च भएको थियो भने आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ४ करोड २९ लाख ८८ हजार ४ सय ३१ रुपैयाँ खर्च भएको थियो ।
यस्तै आर्थिक वर्ष २०७८/०७९ मा कूल १ अर्ब १६ करोड ९३ लाख १२ हजार ७८ रुपैयाँ खर्च भएको छ ।

सांसदहरुले बुझे घरभाडामा २५ करोड ५७ लाख
झण्डै साढे ४ वर्षमा सांसदहरुको घरभाडाका लागि मात्र २५ करोड ५७ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । २०७४ फागुनदेखि २०७९ भदौसम्मको ५५ महिनामा सांसदहरुको आवास भाडा बापत यो रकम खर्च भएको हो । प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी कूल ३ सय ३४ सांसदका लागि यो रकम खर्च भएको हो ।

सांसदहरुको मासिक घरभाडाका लागि मासिक ४६ लाख ५० हजार खर्च हुने गरेको छ । काठमाडौंमा घर नभएका सांसदहरूका लागि मासिक १८ हजार र काठमाडौंमा घर भएका सांसदहरुले ९ हजार रुपैयाँ घरभाडा बापत बुझ्ने गरेका छन् ।

इन्धनमा ३ करोड खर्च
इन्धन शीर्षकमा ५ वर्षमा ३ करोड २ लाख २७ हजार ३ सय ८९ रुपैयाँ खर्च भएको छ । संघीय संसद सचिवालयका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा इन्धनका लागि २७ लाख ७३ हजार ६६६ रुपैयाँ खर्च भएको थियो ।

यस्तै आर्थिक वर्ष २०७५/०७६ मा ६९ लाख १६ हजार ३० रुपैयाँ खर्च भएको थियो भने आर्थिक वर्ष २०७६/०७७ मा ७० लाख ७४ हजार ३ सय ७१ रुपैयाँ खर्च भएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा ७० लाख ५५ हजार ३२० रुपैयाँ खर्च भएको थियो । यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ६४ लाख ८ हजार २ रुपैयाँ खर्च भएको छ ।

चर्चामा

सम्बन्धित समाचार