शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचित्र संसार
  • यस्तो गाउँ, जहाँ मानिस होइन कुकुर करोडपति छन्

यस्तो गाउँ, जहाँ मानिस होइन कुकुर करोडपति छन्

  • शुक्रबार, भदौ २४, २०७९
यस्तो गाउँ, जहाँ मानिस होइन कुकुर करोडपति छन्

कुन मानिस धनी बन्न नचाहला र ? सबैको चाहना हुन्छ आफूसँग मनग्गे पैसा होस् । तर दुनियाँमा एउटा यस्तो गाउँ छ जहाँ मानिस होइन कुकुरहरु जमिन्दार तथा करोडपति छन् ।

भारतको गुजरातस्थित मेहसाणामा रहेको चन्टोल गाउँ यस्तो गाउँ हो जहाँ कुकुरहरु करोडपति छन् । चन्टोल गाउँमा बितेको केही समय यता जमिनको मूल्य आकाशिएको छ । मेहसाणा बाइपास बन्ने भएपछि त्यहाँको जमिनको भाउ असामान्य रुपमा बढेको छ । त्यसको ठूलो फाइदा स्थानीय कुकुरहरुलाई पनि पुगेको छ ।

वास्तवमा त्यहाँका कुकुरहरुको हेरचाह तथा लालन-पालनका लागि गाउँमा २१ बिघा जमिन गुठीको रुपमा राखिएको छ । उक्त जमिनबाट हुने आम्दानी कुकुरको नाममा जम्मा गरिन्छ । रिपोर्ट अनुसार बाइपास नजिकै भएका कारण उक्त गुठीको जमिनको भाउ प्रतिबिघा साढे ३ करोड पुगेको छ । उक्त गुठीको मातहतमा ७० वटा कुकुर छन् । त्यसैले त्यहाँका हरेक कुकुरको नाममा करीब १ करोड भारु पर्न आएको छ ।

उक्त गुठीका अध्यक्ष छगनभाई पटेलका अनुसार कुकुरको गुठीको हिस्सा बाँड्ने परम्परा सदियौंदेखि चलिआएको छ । उक्त परम्परा धनाढ्यहरुले सुरु गरेका थिए । दान दिइएका स–साना टुक्रा जमिनबाट सुरु भएको गुठीमा अहिले २१ बिघा जमिन पुगेको छ ।

पटेल किसानहरुको एक समूहले पछिल्लो ८० वर्षदेखि उक्त जमिनको हेरचाह गर्दै आएको छ । उक्त जमिनको अन्नपात बिक्री तथा भाडाबापत आउने रकम गुठीमा जम्मा गरेर गाउँका कुकुर तथा अन्य जनावरहरुको हेरचाहमा खर्च गरिँदै आएको छ ।

–एजेन्सी

चर्चामा

सम्बन्धित समाचार