बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • समाज
  • पहिरोको चपेटामा डोगडि स्वास्थ्य चौकी, उपचारमा समस्या

पहिरोको चपेटामा डोगडि स्वास्थ्य चौकी, उपचारमा समस्या

  • बिहिबार, भदौ २३, २०७९
पहिरोको चपेटामा डोगडि स्वास्थ्य चौकी, उपचारमा समस्या

बाजुरा–बाजुराको खप्तड छेडेदह गाउपालिका ५ मा रहेको डोगडी स्वास्थ्य चौकी पहिरोको चपेटामा परेको छ । स्वास्थ्य चौकी माथि बाट पहिरो आएपछि स्वास्थ्य चौकीको सेवानै बिस्थापित भएको गाउँपालिका सुचना अधिकारी मिरा जोशीले वताएकि छन् ।
स्वास्थ्य सेवा अहिले आलु भण्डार घर बाट सेवा सञ्चालन भइरहेको छ । स्वास्थ्य चौकी सँगै आसपासका दर्जन बढी घर पहिरोबाट विस्थापित भएका छन । स्वास्थ्य चौकी पहिरोको चपेटामा बनेपछि बिरामीलाई सेवा दिन निकै असहज भएको छ । अहिले सेवा सञ्चालनमा ल्याइएको आलु भण्डारमा ठाउँ सानो भएकाले बिरामी चेक जाँच, गर्भवती सेवा, खोप सेवा सञ्चालन गर्नमा निकै समस्या भएको स्वास्थ्यकर्मीले वताएका छन् ।
लगातारको अबिरल बर्षाका कारण डोगडिमा ठुलो क्षति भएको गाउँपालिकाले जनाएको छ । गत असार २४ गते आएको बर्षाले डोगडी स्वास्थ्य चौकी पुरिएको थियो । अहिले लगातार बर्षाले झन् पहिरो आएर पुरिएको स्वास्थ्य चौकीका ईन्चार्ज दल बहादुर रावतले बताएका छन् । अहिले एउटै भबनको कोठा बाट सेवा दिन निकै समस्या भएको ईन्चार्ज रावतले बताए ।
बिरामीले उपचारको लागि लाईनमा बस्नु पर्ने बाध्यता रहेको ईन्चार्ज रावतले वताएका छन् । बाढी पहिरोले वडामा ठुलो मात्रामा भौतिक क्षति गरेको छ । बाढी पहिरोले स्वास्थ्य चौकी, पार्तोला खेल मैदान र दर्जनौं बढी घरहरु पुरिएको स्थानियले वताएका छन् ।
स्थानीय खडक बुढाले भने तिन महिना बितिसक्दा सक्दा समेत आफुले घरमा बस्न नपाएको वताएका छन् । गाउँको बिचमा पहिरो आएपछि १२ घरपरिवारले बसाई सारेको वडा अध्यक्ष जित बहादुर रावतले बताएका छन् । धेरै बर्षा भइरहेकाले विपत लाई तत्काल रोक्न नसकिने अध्यक्ष रावतले बताए ।
पहिरोले विस्थापित भएका परिवारलाई पाल बितरण गरेर बस्ती सारेको वडा अध्यक्षले बताए । बाढी पहिरोले वडामा मानवीय क्षति नभएको तर ठुलो मात्रामा भौतिक क्षति वडाले बेहोर्नु परेको रावतले बताए । पछिल्लो समयमा लगातार अविरल बर्षा भईरहेकाले सबै धेरै ठाउँमा धनजनको क्षति हुदै आएको छ तर सरकारले ध्यान दिन नसकेको भन्दै स्थानीयले गुनासो गरेका छन ।
बर्षा शुरु सँगै बाजुराका २ सय बढी परिवार पहिराको उच्च जोखिममा रहेका छन् । मार्तडी जोड्ने साँफे मार्तडी सडक बिगत तिन महिना देखी बल्धेमा पुर्णरुपमा अबरोध रहेको छ । मार्तडी कोल्टि सडक खण्डमा ठाउँमा पहिरो गएको छ । बाजुराका स्थानिय सडक पुर्ण रुपमा बन्द रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार