बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • पहिरोले डोगडी स्वास्थ्य चौकी र दर्जन बढी घर विस्थापित

पहिरोले डोगडी स्वास्थ्य चौकी र दर्जन बढी घर विस्थापित

  • सोमवार, भदौ २०, २०७९
पहिरोले डोगडी स्वास्थ्य चौकी र दर्जन बढी घर विस्थापित

टेक बहादुर बुढा/बाजुरा — जिल्लाको खप्तड छेडेदह गाउपालिका वडा नं ५मा रहेको डोगडी स्वास्थ्य चौकी र आसपासका दर्जन बढी घर  पहिरोबाट विस्थापित भएका छन । पछिल्लो केही दिन देखि परिरहेको अबिरल बर्षा का कारण वडामा ठुलो क्षति हुदै भएको छ । गत असार २४ गते आएको बर्षा ले डोगडी स्वास्थ्य चौकी पुरिएको थियो । अहिले  लगातार बर्षाले झन् पहिरो आएर पुरिएको स्वास्थ्य चौकीका ईन्चार्ज दल बहादुर रावतले बताएका छन् ।

एउटै भबन बाट सेवा दिन निकै समस्या भएको ईन्चार्ज रावतले बताए । बिरामीले उपचाको लागि लाईनमा बस्नु पर्ने बाध्यता रहेको ईन्चार्ज रावतले बताउनुभयो । बाढी पहिरोले वडामा ठुलो मात्रामा भौतिक क्षति गरेको गाउपालिका बाल सञ्जालका अध्यक्ष सोनम सुनारले बताए अध्यक्ष सुनारले भने बाढी पहिरोले स्वास्थ्य चौकी,पार्तोला खेल मैदान र दर्जनौं बढी घरहरु पुरिएकाे बताए ।

 स्थानीय खडक बुढाले भने तिन महिना बितिसक्दा सक्दा समेत आफुले घरमा बस्न नपाएको भन्दै दुख व्यक्त गरेका छन् । गाउँको बिचमा पहिरो आएपछि करिब १२ घर परिवारले बसाई सारेको वडा अध्यक्ष जित बहादुर रावतले बताएका छन् । धेरै बर्षा भइरहेकाले विपत लाई तत्काल रोक्न नसकिने अध्यक्ष रावतले बताए ।

अहिले पहिरोले विस्थापित भएका परिवारलाई पाल बितरण गरेर बस्ती सारेको बताए । बाढी पहिरोले वडामा मानवीय क्षति नभएको तर ठुलो मात्रामा भौतिक क्षति वडाले बेहोर्नु परेको अध्यक्ष रावतले बताए । पछिल्लो समयमा लगातार अविरल बर्षा भईरहेकाले सबै धेरै ठाउँमा धनजनको क्षति हुदै आएको छ तर सरकारले ध्यान दिन नसकेको भन्दै स्थानीयले गुनासो गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार