बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • समाचार
  • बाइकमा ‘मोबाइल स्ट्यान्ड’ राखे कारबाही

बाइकमा ‘मोबाइल स्ट्यान्ड’ राखे कारबाही

  • शुक्रबार, भदौ १७, २०७९
बाइकमा ‘मोबाइल स्ट्यान्ड’ राखे कारबाही

तपाईंले आफ्नो मोटरसाइकलमा मोबाइल अड्याउने ‘स्ट्यान्ड’ राख्नुभएको छ रु त्यसो हो भने ‘होसियार’ रहनुस् है १ ट्राफिक प्रहरीको कारबाहीमा जुनसुकैबेला पर्न/परिन सक्छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोटरसाइकलमा ‘मोबाइल स्ट्यान्ड’ राख्नेमाथि कारबाही अभियान थाल्ने तयारी गरेको हो ।

पछिल्लो समय ‘राइड सेयरिङ’ गर्ने बाइकचालकले ‘मोबाइल स्ट्यान्ड’ प्रयोग गर्दै आएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘राइड सेयरिङ’ एप कम्पनीलाई पत्र लेख्दै ‘स्ट्यान्ड’ हटाउन निर्देशनसमेत दिएको छ ।

मोबाइल स्ट्यान्डले दुर्घटना जोखिम बढाएको ट्राफिक प्रहरीको निष्कर्ष छ । यस्ता स्ट्यान्डले ‘बाइक मोडिफिकेसन’ भएको ठहरसमेत उसले गरेको छ । ट्राफिक प्रहरीले दुर्घटना जोखिम बढेकाले बाइकमा स्ट्यान्ड र मोबाइल अड्याउने कुनै पनि प्रकारका वस्तु नराख्न निर्देशन दिएको हो ।

नेपालको प्रचलित कानुनले मोटरसाइकलको कुनै पनि प्रकारको स्वरूप परिवर्तन (मोडिफिकेसन) गर्न रोक लगाएको छ । बाइकमा केही कुरा थप्नु वा हटाउनु पनि ‘मोडिफिकेसन’जस्तै भएको ट्राफिक प्रहरीले प्रस्ट पारेको छ । मोटरसाइकलमा स्ट्यान्ड राखेमा कारबाही गर्ने चेतावनीसमेत दिइएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

चर्चामा

सम्बन्धित समाचार