शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • फुटबल
  • पाँच खेलमा दुई ह्याट्रिकसहित ९ गोल गर्ने हालान्डलाई कसले रोक्न सक्छ ?

पाँच खेलमा दुई ह्याट्रिकसहित ९ गोल गर्ने हालान्डलाई कसले रोक्न सक्छ ?

  • बिहिबार, भदौ १६, २०७९
पाँच खेलमा दुई ह्याट्रिकसहित ९ गोल गर्ने हालान्डलाई कसले रोक्न सक्छ ?

काठमाडौं– पाँच दिन भित्र दुई ह्याट्रिक । एर्लिङ हालान्डले निश्चित रुपमा म्यानचेस्टर सिटीमा देखाएको प्रभाव हो यो ।

म्यानचेष्टर सिटीले नटिङ्घम फरेस्टलाई ६-० ले पराजित गर्दा हालान्डले पहिलो हाफमा ह्याट्रिक पूरा गरे । चार दिनअघि हालान्डले दोस्रो हाफमा ह्याट्रिक गर्दा सिटीले क्रिस्टल प्यालेस विरुद्ध पुनरागमन जित निकालेको थियो ।

२२ वर्षीय नर्वेजियन खेलाडी हालान्ड प्रिमियर लिगको आफ्नो पहिलो पाँच खेलमा ९ गोल गर्ने पहिलो खेलाडी बनेका छन् । यस्तै उनी अगस्ट महिनामा ९ गोल गर्ने पहिलो खेलाडी हुन् ।

यस्तै हालान्डले सिटीका नयाँ अर्जेन्टिनी युवा खेलाडी जुलियन अल्भारेजलाई पनि राम्रो साथ दिँदैछन् ।

अल्भारेले लिग फरेस्ट विरुद्धको खेलबाट ‘फुल डेब्यु’का साथ दोस्रो हाफमा दुई गोल गरे ।

‘उनी प्रतिभाशाली छन् । उनले धेरै कुरा पाएका छन्,’ फरेस्टका प्रशिक्षक स्टीभ कुपरले खेलपछि भने ।

‘म्यानचेष्टर सिटीसँग अहिले विश्वकै उत्कृष्ट स्ट्राइकर छन् । यदि उनी प्रिमियर लिगमा रहे भने सबै कीर्तिमान तोडिनेछ,’ पूर्व स्ट्राइकर डियोन डब्लिनले हालान्डका बारे भने ।

हालान्डले उपाधिका साथै कीर्तिमान पनि : पेप ग्वार्डिओला

नर्बेका युवा स्ट्राइकर हालान्ड प्रिमियर लिगका लगातार खेलमा ह्याट्रिक गर्ने सातौं खेलाडी बनेका छन् । टोटनहमका ह्यारी केन एकभन्दा बढी पटक यस्तो उपलब्धी पाउने एक मात्र खेलाडी हुन् ।

आश्चर्यजनक रूपमा हालान्डले अगस्टमा केन भन्दा धेरै प्रिमियर लिग गोल गरेका छन् । केनले अगस्टमा सात गोल गरेका थिए ।

सिटीका लागि एक भन्दा बढी ह्याट्रिक गर्ने खेलाडीको सूचीमा अब रहिम स्टर्लिङ र कार्लोस टेभेजसँगै हालान्ड पनि छन् । सिटीका लेजण्ड सर्जियो अगुएरोले मात्र सर्वाधिक ४ पटक ह्याट्रिक गरेका छन् ।

प्रशिक्षक पेप ग्वार्डिओला सिटीको इतिहासमा अगुएरो जस्तै मुख्य व्यक्ति बन्न हालान्डलाई असम्भव हुने महसुस गर्छन् ।

यद्यपि, स्पानिस प्रशिक्षक ग्वार्डिओलाले फरवार्ड हालान्डसँग त्यो क्षमता रहेको बताउछन् । सिटीले टिमको रुपमा उपाधि जित्न नसके व्यक्तिगत उपलब्धीको कुनै अर्थ नहुने ग्वार्डिओले बुझाइ छ ।

‘सर्जियो लेजेण्ड हुन्,’ ग्वार्डिओलाले भने, ‘सिटीका फ्यानको मनमा रहेको उनको स्थान कसैले लिन सक्दैन । उनले आधुनिक इतिहासमा सबैभन्दा महत्त्वपूर्ण गोल गरेका छन् ।’

‘तर हालान्डसँग त्यहाँ पुग्ने क्षमता छ । उनले नर्वे, अष्ट्रिया र जर्मनीमा जे गरेका छन् त्यो यहाँ गर्न कोसिस गर्छन् । उनलाई मैले जहाँसम्म चिनेको छु, मलाई लाग्दैन कि यदी हामीले उपाधि जित नसके उनी खुशी हुनेछन्’, उनले थपे ।

वेल्सका पूर्व डिफेन्डर एस्ले विलियम्सले बीबीसी म्याच डेमा भने, ‘उनी प्रिमियर लिगको लागि वास्तविक समस्या हुन् । उनीविरुद्ध खेल्न गाह्रो छ र उनी पूर्ण स्ट्राइकर हुन्, उनीसँग सबै कुरा छ ।’

‘जब हामीले यो सिजन उनले गरेका गोलहरू हेर्छौं, उनी एक प्रोपर स्ट्राइकर हुन । उनले गोल गर्ने क्षमता मात्र पाएको छन् र म उनलाई यो सिजन देख्न पाउँदा उत्साहित छु किनभने उनले अझै धेरै भन्दा धेरै गोल गइरहेका छन्,’ विलियम्सले भने ।

गज्जब प्रतिभा : हालान्डबारे प्रतिक्रिया

६० मिनेट भित्र ६ गोल गर्नु आफैंमा अनौठो प्रतिभा हो । यसले सामाजिक सञ्जालमा समर्थकलाई आश्चर्यमा पारेको छ । यस सिजन हालान्डलाई कसले रोक्न सक्ला ।

जो बजर्डले ट्वीट गरेका छन्, ‘कसैले एर्लिङ हालान्डको कठिनाई स्तरलाई भन्न सक्नु हुन्छ ? सजिलो छ ।’

ग्यारी लिनेकर ट्वीटरमा लेख्छन्, ‘उनी जुन हिसाबले अगाडी बढिरहेका छन् त्यसले एलन सिररको कीर्तिमान ह्यारी केनले भन्दा पहिले उनले तोड्ने छन् ।’

‘सिटीले स्टर्लिङ र जेससको सट्टा हालान्ड र अल्भारेजलाई ल्याएर ३० मिलयन पाउण्ड कमाएको छ’, केवबीले भने ।

अल्भारेजले पनि ठूलो प्रभार पारे

जितपछि ग्वार्डिओलाको कुरा सुन्दा उनी जितका लागि अल्भारेजको योगदलानबाट अझ बढी खुशी छन् ।

हालान्ड भन्दा विपरीत, अर्जेन्टिनाका फरवार्ड अल्भारेज नयाँ संस्कृति र नयाँ महाद्वीपमा सरेका छन् । यद्यपि, उनको प्रदर्शन हालान्ड जस्तै देखिन्छ ।

उनको दुई गोल आफ्नो क्षमतामा विश्वास गर्ने मानिसको संकेत थियो । ग्वार्डिओलाका लागि यो भन्दा बढी खुशी हुने ठाउँ छैन ।

‘जुलियनको दुई गोलबाट खुसी नहुने कोही पनि छैन,’ ग्वार्डिओलाले भने ।

ग्वार्डिओलाका गुरु जोहान क्रुफका पुरानो साथी जोन प्याट्सीले २२ वर्षीय खेलाडीबारे यसअघि नै सचेत गराएका थिए । ‘उनले मलाई डेढ वर्षअघि भनेका थिए कि उनी कति विशेष थिए । ऊ युवा छ, रिभर प्लेटमा धेरै गोल गरेको छ, जहाँ जित्नको लागि धेरै दबाब छ । जब ऊ गोलको नजिक छ, हे भगवान । उनी अमुल्य छन् । धेरै राम्रो,’ ग्वार्डिओलाले भने ।

‘यी दुई नयाँ खेलाडीहरू धेरै युवा छन्, तिनीहरू यहाँ छन् र यो ठीक छ । म संसारको सबैभन्दा कठिन लिगमा विश्वसामु आफूलाई प्रमाणित गर्न चाहन्छु ।’ बीबीसीबाट

चर्चामा

सम्बन्धित समाचार