शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • सबैभन्दा लामो काँक्रो फलाएर बेलायती किसानले राखे विश्व कीर्तिमान

सबैभन्दा लामो काँक्रो फलाएर बेलायती किसानले राखे विश्व कीर्तिमान

  • बुधबार, भदौ १५, २०७९
सबैभन्दा लामो काँक्रो फलाएर बेलायती किसानले राखे विश्व कीर्तिमान

काठमाडौं — बेलायतको साउथह्याम्पटनका एक किसानले विश्वकै सबैभन्दा लामो काँक्रो फलाएर विश्व कीर्तिमान कायम गरेका छन् ।

पोल्याण्डमा जन्मिएका सेबास्टियन सुस्कीले १ सय १३ दशमलब ४० सेन्टिमिटर लामो काँक्रो फलाएर गिनिज बुकमा नाम लेखाएका हुन् ।

यसअघिको कीर्तिमानधारी काँक्रोभन्दा सेबास्टियनले फलाएको काँक्रो ६ सेन्टिमिटर लामो छ । साउथह्याम्पटनको लर्डशिलमा परिवार सहित बस्दै आएका सेबास्टियनले मौरीपालन गर्दै आएका छन् ।

४४ वर्षीय उनले पछिल्लो ७ वर्षदेखि ठूलो आकारका तरकारीहरु फलाउँदै आएका छन् र कीर्तिमानी काँक्रो फलाउने प्रयास यसअघि पनि पटक–पटक गर्दै आएका थिए ।

उनका अनुसार अत्यधिक लामो आकारका काँक्रो फलाउनु निकै जोखिमपूर्ण काम हो । –एजेन्सी

चर्चामा

सम्बन्धित समाचार