बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • देश
  • कैलाली पुगे ओली, कञ्चनपुरमा संघीय सांसददेखि पूर्वमन्त्रीलाई स्वागत गर्ने

कैलाली पुगे ओली, कञ्चनपुरमा संघीय सांसददेखि पूर्वमन्त्रीलाई स्वागत गर्ने

  • बुधबार, भदौ १५, २०७९
कैलाली पुगे ओली, कञ्चनपुरमा संघीय सांसददेखि पूर्वमन्त्रीलाई स्वागत गर्ने

धनगढी — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कैलाली पुगेका छन्। संघीय सांसद र पूर्व मन्त्री लगायतका नेता कार्यकर्ताहरूलाई एमाले भित्राउन ओली कैलालीबाट कञ्चनपुर प्रस्थान गरेका छन्।

प्रतिनिधिसभा सदस्य विना बुढाथोकी, नेकपा एकीकृत समाजवादीका निवर्तमान सुदूरपश्चिम अध्यक्ष विक्रम शाही, पूर्वमन्त्री तारा लामा तामाङ, वेदकोट नगरपालिकाका पूर्व मेयर अशोक चन्द , नेता वीरबहादुर बुढाथोकी लगायतलाई ओलीले आज एमालेमा स्वागत गर्ने कार्यक्रम रहेको छ।

माओवादीबाट पनि ठूलो संख्यामा आज एमाले प्रवेश गर्ने जनाइएको छ। माओवादी केन्द्रका प्रभावशाली नेता नेता शङ्कर दत्त जोशी, मोहन गिरी लगायतका नेताहरू पनि भोली एमाले प्रवेश गर्ने जनाएका छन्। कैलाली र कञ्चनपुरको संयुक्त आयोजनामा कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने बृहत् पार्टी प्रवेश कार्यक्रममा २ हजार बढी नेता कार्यकर्ता एमाले प्रवेश गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार