शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • देश
  • ४० दिनमा म्यादीले ४७ हजार कमाउने, दशैंपछि भर्ना खुल्ने

४० दिनमा म्यादीले ४७ हजार कमाउने, दशैंपछि भर्ना खुल्ने

  • मङ्लबार, भदौ १४, २०७९
४० दिनमा म्यादीले ४७ हजार कमाउने, दशैंपछि भर्ना खुल्ने

धनगढी — म्यादी प्रहरीले ४० दिनको ४० हजार तलब र ६ हजार ५ सय कपडाको पैसा पाउने भएका छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आवश्यक पर्ने म्यादी प्रहरीले ४० दिनका लागि कपडाको ६ हजार ५००, तलब ४० हजार र ३ दिनको ९०० गरी समग्रमा ४७ हजार ४ सय रुपैयाँ पाउने भएका हुन्।

‘अर्थ मन्त्रालयबाट प्रत्येक म्यादी प्रहरीलाई ४० दिनको ४० हजार तलब, कपडा र जुत्ताको लागि ६ हजार ५०० र ३ दिनको खाजा खर्च ३ सयका दरले बजेट आएको छ’, प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले भने। उनका अनुसार चुनावको अघिल्लो दिन, चुनावको दिन र अर्को दिनका लागि प्रतिदिन ३ सयका दरले खाजा खर्च पाउने भएका छन्। सरकारले आइतवार आगामी निर्वाचनमा लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि सहमति दिइसकेको छ। प्रहरी प्रवक्ता राईका अनुसार दशैंलगत्तै म्यादी प्रहरीको भर्ना प्रकृया शुरु हुनेछ। यसपालि पनि प्रहरीले ४० दिनको लागि म्यादी प्रहरीको भर्ना गर्नेछ।

म्यादी प्रहरीका लागि सरकारले ५ अर्ब ८६ करोड ३९ लाख रुपैयाँ बजेट छुट्याएको छ। हिमाली भेगमा खटिने म्यादी प्रहरीलाई थप ज्याकेट किन्न १ हजार रुपैयाँ बजेट छुट्याइएको छ। प्रहरीले सवारी साधन किन्नको लागि ७५ करोड रुपैयाँ बजेट पाएका छ। समग्रमा प्रहरीले निर्वाचन प्रयोजनका लागि १ अर्ब ९८ करोड ५० लाख रुपैयाँ बजेट पाएको छ।

चर्चामा

सम्बन्धित समाचार