शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • क्रिकेट
  • पाकिस्तानमाथि भारतको जित

पाकिस्तानमाथि भारतको जित

  • सोमवार, भदौ १३, २०७९
पाकिस्तानमाथि भारतको जित

भारतले युएईमा जारी एसिया कप क्रिकेटमा विजयी सुरुआत गरेको छ । साबिक विजेता भारतले आइतबार राति भएको रोमाञ्चक खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

दुबईमा पाकिस्तानले दिएको १४८ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । भारतको जितमा रवीन्द्र जडेजा र विराट कोहलीले समान ३५/३५ रनको योगदान गरे ।

यस्तै हार्दिक पाण्डयले अविजित ३३ रन बनाए । यता पाकिस्तानका लागि मोहमद नवाजले ३ तथा शाहानवाज दाहानीले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर ५ बलमा अलआउट हुँदै १४७ रन बनाएको थियो ।

पाकिस्तानका लागि मोहमद रिजवानले सर्वाधिक ४३ रन बनाए । इफ्तिखर अहमेदले २८ रनको योगदान गरे । त्यस्तै कप्तान बाबर आजम, फखर जमान र शादब खान समान १० रन बनाए ।

भारतका लागि भुवनेश्वर कुमारले ४ विकेट लिए । त्यस्तै हार्दिक पाण्डयले ३ विकेट लिँदा अश्रदिप सिंहले २ र आभेस खानले १ विकेट लिए । यस जितसँगै समूह ‘ए’ को भारतले पहिलो खेलमा २ अंक जोडेको छ । यता पाकिस्तानले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार