शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश
  • ब्याजदर नियन्त्रण गर्न लगातार ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक

ब्याजदर नियन्त्रण गर्न लगातार ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक

  • मङ्लबार, भदौ ७, २०७९
ब्याजदर नियन्त्रण गर्न लगातार ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक

काठमाडौं — नेपाल राष्ट्र बैंकले लगातार चौथो पटक पनि ट्रेजरी बिल आफैंले खरिद गरेको छ । केन्द्रीय बैंकले ६ भदौमा २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिन अवधिको १२ खर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोलमा ल्याएको थियो । जसमध्ये ७ अर्ब ३५ करोड रुपैयाँको ट्रेजरी बिल राष्ट्र बैंकले नै खरिद गरेको हो ।

यसअघि १६ साउन, २३ साउन र ३० साउनमा पनि नवीकरणका लागि बोलकबोल गरेको ट्रेजरी बिल राष्ट्र बैंकले नै खरिद गरेको थियो । साउन पहिलो साता मौद्रिक नीति ल्याएपछि ९ साउनमा बोलकबोल गरेको ट्रेजरी बिलमा बैंकहरुले डिस्काउन्ट रेट १४ प्रतिशतसम्म बोलकबोल गर्दा राष्ट्र बैंकले स्वीकार गरेको थियो । तर, त्यसपछि हरेक पटक नवीकरणका लागि बोलकबोलमा ल्याएको ट्रेजरी बिल आफैं खरिद गर्दै आएको छ । ९ साउनपछि राष्ट्र बैंकले ४२ अर्ब ४३ करोड ३२ लाखको ट्रेजरी बिल नविकरणको लागि बोलकबोल ल्याएकोमा ३५ अर्ब ४० करोड ५ लाख रुपैयाँको ट्रेजरी बिल राष्ट्र बैंकले नै खरिद गरेको हो ।

सोमबार नवीकरणका लागि बोलकबोल आह्वान गरेको २८ दिन अवधिको २ अर्ब रुपैयाँको ट्रेजरी बिल बैंकहरुले नै नवीकरण गरेका छन् । उक्त ट्रेजरी बिलमा १३ बैंक तथा वित्तीय संस्थाले ५१ वटा आवेदन मार्फत ६ अर्ब ३१ करोडको लागि बोलकबोल पेश गरेका थिए । उक्त ट्रेजरी बिलको डिस्काउन्ट रेट न्युनतम ७.९९५८ प्रतिशत, अधिकतम ८.७५०३ प्रतिशत र औसत ८.७०५५ प्रतिशतमा स्वीकार गरेको राष्ट्र बैंकले जनाएको छ ।

सोमबार नै राष्ट्र बैंकले ९१ दिन अवधिको २ अर्ब २३ करोड ३२ लाखको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोलमा ल्याएको थियो । उक्त ट्रेजरी बिलमा १२ बैंक तथा वित्तीय संस्थाले १५ वटा आवेदन मार्फत ५ अर्ब ५९ करोड ८२ लाख रुपैयाँको लागि आवेदन पेश गरेका थियो । उक्त ट्रेजरी बिलको डिस्काउन रेट न्यूनतम ९.८३९९ प्रतिशत, अधिकतम ९.४०९९ प्रतिशत र औसत ९.०८९१ प्रतिशतमा बैंकहरुले नवीकरण गरेका छन् ।

सोमबार १८२ दिन अवधिको ६ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोलमा ल्याएकोमा १५ करोड मात्रै बैंकहरुलाई दिएर ५ अर्ब ८५ करोड राष्ट्र बैंकले नै खरिद गरेको छ । उक्त ट्रेजरी बिल खरिदका लागि १७ बैंक तथा वित्तीय संस्थाले ५२ आवेदन मार्फत ११ अर्ब १६ करोड ५० लाखको बोलकबोल पेश गरेका थिए । उक्त ट्रजेरी बिलको डिस्काउन्ट रेट न्यूनतम ९ प्रतिशत, अधिकतम ९.०९ प्रतिशत र औसत ९.०२९९ प्रतिशतमा १५ करोड बैंक्हरुलाई दिएर ५ अर्ब ८५ करोड राष्ट्र बैंकले नै खरिद गरेको हो ।

सोमबार नै ३६४ दिन अवधिको २ अर्बको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल भएको थियो । जसमा ५० करोड बैंकहरुलाई नवीकरण गरेर १ अर्ब ५० करोड राष्ट्र बैंक आफै‌ंले खरिद गरेको हो । उक्त ट्रेजरी बिल नवीकरणका लागि १६ बैंक तथा वित्तीय संस्थाले ६२ आवेदन मार्फत ६ अर्ब ४१ करोड रुपैयाँको बोलकबोल पेश गरेको थिए । उक्त ट्रेजरी बिलको डिस्काउन्ट रेट न्यूनतम ८.६९५७ प्रतिशत, अधिकतम ९.८४१८ प्रतिशत र औसत ९.०२४६ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार