शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • बाजुरा त्रिबेणीकी सुत्केरी आमा अमृता र नवजात शिशु आर्थिक अभावले जीवन मरणको दोसाधमा

बाजुरा त्रिबेणीकी सुत्केरी आमा अमृता र नवजात शिशु आर्थिक अभावले जीवन मरणको दोसाधमा

  • सोमवार, भदौ ६, २०७९
बाजुरा त्रिबेणीकी सुत्केरी आमा अमृता र नवजात शिशु आर्थिक अभावले जीवन मरणको दोसाधमा

बाजुरा — त्रिबेणी नगरपालिका ७ की एक महिला र उनको नवजात शिशु आर्थिक अभावका कारण जीवन मरणको दोसाधमा रहेकी छन । त्रिबेणी नगरपालिका ७ की अमृता चदारा र उनको नवजात शिशु आर्थिक अभावका कारण जीवन मरणको दोसाधमा रहेका छन् । अमृताले अछामको बयालपाटा अस्पतालमा ३० हप्ताको बच्चा जन्माएकी छन ।

सुत्केरी आमालाई उच्च रक्तश्राव भएको छ भने नवजात शिशु समय नपुग्दै जन्मिएकोले आमा र नजजात शिशुलाई आईसियूमा राख्नु पर्ने स्वास्थ्यकर्मीले बताएका छन् । बयालपाटा अस्पतालमा आईसियू नभएका कारण अस्पतालले सुबिधासम्पन्न ठाउमा जना रिफर गरेको छ ।
सुबिधा सम्पन्न ठाउमा जान आर्थिक अभाव हुदा सुत्केरी आमा र नवजात शिशु जीवन मरणको दोसाधमा रहेको उनका श्रीमान केशव बिकले बताए । आफुसंग आर्थिक छैन साहुबाट रिण काढेर ल्याएको पैशा यतै बयालपाटा अस्पतालसम्म पुगाउन सकियो । बाहिर लिन आर्थिक नएका कारण समस्य भएको बिकले बताए ।

उच्च रक्तश्रावसंगै आमा र बच्चाको अबस्था गम्भिर रहकोले आईसियूको आवस्यक पर्ने भएकोले यहाँबाट रिफर गरेको अस्पतालले जनाएको छ । उनलाई धनगढी वा नेपालगन्ज जान भनिसकेको भए पनि विक परिवारसंग आर्थिक श्रोत नहुँदा त्यहाँबाट जान नसकेको जनाएको बयालबाटा अस्पतालका कर्मचारी दिपक बिष्टले बताए ।

उनका श्रीमान केशव बिकसंग बयालपाटाबाट धनगडी सम्म जाने पैशा पनि नभएकोले छटपटीरहेका छन । उनका आफन्तहरुबाट र नगरपालिकामा पनि सहयोगका लागि पहल गर्दा पनि कतैबाट पनि आर्थिक सहयोग नजुटेको उनले बताए ।

त्रिबेणी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत्त चिरन्जीबी शाहले  भने पालिकाको खाता संचालन भएको छैन । बयालबाटा अस्पताललाई धनगढीसम्म जनो ब्यबस्था गरिदिन भनेको बडिमालिका खवरलाई बताए ।

चर्चामा

सम्बन्धित समाचार