बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • फुटबल
  • ६ गोलको थ्रिलरमा सिटी बराबरीमा रोकियो

६ गोलको थ्रिलरमा सिटी बराबरीमा रोकियो

  • सोमवार, भदौ ६, २०७९
६ गोलको थ्रिलरमा सिटी बराबरीमा रोकियो

प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले न्युकासल युनाइटेडसँग ३–३ गोलको बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा सिटीले सुरुआती लिएको अग्रता जोगाउन नसक्दा बराबरी खेल्नु परेको हो ।

सिटीका लागि इल्के गुन्डोगान, अर्लिङ हालाण्ड र बर्नान्डो शिल्भाले एक–एक गोल गरे । यता न्युकासलका लागि मिगुएल अल्मिरोन, कलुम विल्सन र केइरन ट्रिपियरले एक–एक गोल गरे । बराबरीसँगै सिटीले ३ खेलमा ७ अंक जोडेको छ । सिटी अंक तालिकाको दोस्रो स्थानमा छ । न्युकासल ५ अंक जोडेर छैटौं स्थानमा छ ।एजेन्सी

चर्चामा

सम्बन्धित समाचार