शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाका ३ हजार बढि बालबालिकालाई फाईजर खोप लगाउने

बडिमालिका नगरपालिकाका ३ हजार बढि बालबालिकालाई फाईजर खोप लगाउने

  • बिहिबार, भदौ २, २०७९
बडिमालिका नगरपालिकाका ३ हजार बढि बालबालिकालाई फाईजर खोप लगाउने

बाजुरा — बडिमालिका नगरपालिकाले नगरपालिका भित्रका ३ हजार ३० बालबालिकालाई खोप लगाउने भएको छ । भदौ ८ गते देखी १० गते सम्म नौ ओटै वडामा गएर ५ बर्ष देखी ११ बर्षका बालबालिकाहरुलाई खोप लगाउने बडिमालिका नगरपालिका स्वास्थ्य संयोजक टेक बहादुर खड्काले बताए ।
कोरोना महामारी रोकथामका लागि नगरपालिकामा फाईजर खोपको पहिलो मात्रा खोप लगाउने योजना रहेको स्वास्थ्य संयोजक खड्काले बताए । नौ ओटै वडामा रहेका बिद्यालय र स्वास्थ्य संस्थामा  सो खोप लगाउने कार्य रहेको संयोजक खड्काले बताएका छन ।

नगरपालिकामा रहेका ५ बर्षदेखी ११ बर्ष समुहका बालबालिकालाइ फाइजर खाेप लगाउन नगरपालिकाले आह्वन गरिएकाे नगरपालिकाले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार