सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • ५ बर्ष ओडार बसेकी बाजुराकी जलु घरमा बस्दाको खुशी…………..

५ बर्ष ओडार बसेकी बाजुराकी जलु घरमा बस्दाको खुशी…………..

  • मङ्लबार, साउन ३१, २०७९
५ बर्ष ओडार बसेकी बाजुराकी जलु घरमा बस्दाको खुशी…………..

बाजुरा–खप्तड छेडेदह गाउँपालिका १ लुगेनाकी ५५ बर्षिय जलु बुढा ५ बर्ष पछि घरमा बसेकी छन् । एक छोरा सहित जलु ५ बर्ष देखी ओडारमा बस्दै आएकि थिइन् । ५ बर्ष सम्म ओडार बस्दै आएकि उनि घरमा बस्दै पाउदा निकै खुशी भएकी छन् ।
आमा र छोरा ओडारमा बस्दै आएको फोटो सहित सामाजिक सञ्जाल, सञ्चारमाध्यममा भाइरल भएको थियो । ओडारमा बसेको जानकारी लगत्तै गाउँपालिकाले प्रहरीको सहयोगमा काडा स्वास्थ्य चौकीको क्वाटरमा राखेको गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले वताए ।
जलु ओडारमा बसेको कुनै जानकारी थिएन्, सामाजिक सञ्जाल र बिभिन्न सञ्चारमाध्यममा समाचार आएपछि तत्काल उद्धार गरेको अध्यक्ष रावतले वताए । काडा स्वास्थ्य चौकीको क्वाटरमा राखेका छौ, लुगाकपडा, भाडाकुडा, खाद्यन्न सबै गाउँपालिकाले व्यबस्थापन गरेको अध्यक्ष रावतले बडिमालिका खबर सँग बताएका छन् । गाउँपालिकाले ति महिला बसोवास सँगै बच्चाको पठनपाठनमा समेत जिम्मा लिने भएको छ ।
५ बर्ष देखी ओडारमा बस्दै आएका आमा र छोरा दुबै कुपोषीत रहेका छन् । उनिहरुको स्वास्थ्य चौकीमा उपचार सँगै हेरचाय भइरहेको काडा स्वास्थ्य चौकीका सि अहेब नरेन्द्र बुढाले वताए । शुक्रवार उद्धार गरेर यहाँ स्वास्थ्य चौकीमा राखेको थियो, उनिहरुको कुपोषणको उपचार समेत गरिरहेकाले स्वास्थ्यमा निकै सुधार आएको बुढाले वताए ।
भाने बुढाले जेठी श्रीमतीबाट छोरा नजन्मिएपछि जलुदेवीसँग बझाङ्ग बाट बिहे गरेका थिए । जलुदेवीका तीन छोरा छन् । जेठा छोरा १८ बर्षका चक्र बुढा भारत गएका छन् । १२ बर्षका छोरा कुशल बुढा बुवासँग घरमै बस्दै आएका छन् । ६ वर्षीय कान्छा छोरा मीन जलुदेवीसँग ओडारमा बस्दै आएका छन् ।
जलुले ओडारमा पानी घट्टबाट संकलन गरेर ल्याएको पिठोको खोले पकाएर आफू र छोराको पेट भरेर गुजारा गर्दै आएकी थिईन् । खानेकुरा र लत्ताकपडाको समेत उनीसँग अभाव रहेको थियो । श्रीमानले घर लैजान खोज्दा पनि ती महिला घर गएकी छैनन् । घरभन्दा ओडार करिव ४०–५० मिटर मात्रै टाढा छ । जेठी श्रीमतीसँग मिलन नभएको र आफूसँग कहिलेकाँही झगडा पर्ने हुँदा उनी घर नगएको उनका श्रीमान भानेले बताएका छन् ।
भाने बुढाले घरमा मिलाएर राख्नै नसकेपछि कान्छी श्रीमती जलुदेवीका लागि अलग्गै घर बनाइ दिएका थिए । तर, उनी त्यो घरमा आगो लगाएर ओडारमै बसेकी हुन् । उनको मानसिक अवस्था सामान्य नभएको हुँदा उनलाई घर लैजानै मुस्किल हुने गरेको भाने बुढाले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार