मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • समाज
  • बाजुरा : रक्तअल्पताका कारण सुत्केरी आमाकाे ज्यान गयाे, जन्मेकाे शिशुलाइ हुर्काउन समस्या

बाजुरा : रक्तअल्पताका कारण सुत्केरी आमाकाे ज्यान गयाे, जन्मेकाे शिशुलाइ हुर्काउन समस्या

  • बुधबार, साउन २५, २०७९
बाजुरा : रक्तअल्पताका कारण सुत्केरी आमाकाे ज्यान गयाे, जन्मेकाे शिशुलाइ हुर्काउन समस्या

जंग रावल — जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा न ६ नाईना गाउँकी दिर्घा चँदाराकाे बच्चा जन्माउने बित्तिकै रक्तअल्पताका कारण मृत्यु भयो । उनको मृत्यु पश्चात उनको बच्चलाइ स्थनपानमा समस्या भएको छ । चदाराले बच्चा जन्माइन तर आफु बाँचिनन् । सुत्केरी व्यथा लागेपछि घर नजिकै रहेको प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याएपछि स्वास्थ्यकर्मीहरुको सहयोगमा उनले सहजै बच्चा जन्माइन् तर उनले बच्चा जन्माएको केही समयमै भएको मृत्युले झन पिडा दियो ।

नाईना ईकाइ स्वास्थ्य केन्द्रमै बच्चा जन्माएको करिव एक घण्टामा उनको मृत्यु भयो । उनलाई रक्तअल्पताका कारण बचाउन सदरमुकाम स्थित जिल्ला अस्पताल ल्याउन तयारी गर्दा गर्दै मृत्यु भएको उनका आफन्त जनक चदाराले बताए । प्रसूतिपछि अत्यधिक रक्तचापका कारण चदाराको मृत्यु भएको आफन्तले बताएका छन ।

दिर्घा चदाराको मृत्यु २०७९ बैसाख २४ गते नाईना ईकाइ स्वास्थ्य केन्दमा भएको आफन्त जनक चदाराले बताए । उनको मृत्यु पछि उनको परिवार बिचल्लीमा पर्नुका साथै ३ महिनाको बच्चालाई समेत हुर्काउन समस्या भएको उनले बताए । उनका ३ छोरी र ३ महिने शिशु सहित ५ जना छोराछोरी अलपत्र परेका छन । ज्याला मजदुरी गरी खाने उनका बुवालाई अहिले बच्चाहरु कसरी पाल्ने भन्ने चिन्ताले पिरोलीरहेको राम बहादुर चदाराले बताए ।

शिशुको आवश्यकता अनुसार एक दिनमा ८ देखि १२ पटक (२४ घण्टा दिन र रात) स्तनपान गराउनुपर्ने प्राबधान भए पनि उनको पारिवारीक स्थितीका बच्चाले भैसीको दुध समेत खुवाउन सकेका छैनन् ।
श्रीमती हुदा बच्चाहरुको रेखदेख उनैले गर्थिन म ज्याला मजदुरी गरेर छाक टार्थौ अहिले यो बच्चालाई हेर्ने मान्छे समेत छैन राम बहादुरले बताए । ज्याला मजदुरी गरेर पेटको गुजारा चलाउने चदाराको परिवारमा अहिले संकट निम्तिएको छ । ३ महिने शिशुलाई छोडेर काम गर्न जान पनि पाएका छैनन् ।

घरमा खान लाउन नपुग्ने दलित परिवारका राम बहादुर अहिले ५ छोराछोरीको भबिस्यलाई सम्झिएर आफुले आफैलाई धिकार्दै आएका छन । जेठो छोरो १२ बर्षका भए मात्रै छन भने अन्य बालबालिकहरु कर्मशः१० ८, ६ र ३ महिनाका छन । रामबहादुरका अनुसार उनिहरुलाई पढाउन त सकिदैन उनिहरुलाई खाना र लाउनको लागि पनि समस्या भएको बताए ।

आफ्नो भन्दा पनि छोराछोरीको भबिस्यको चिन्ता भएको राम बहादुर बताउछन । उनको परिवार अति गरिवको सुचिमा रहेको परिवार हो । उनको घरमा २ महिना पनि खान पुग्दैन उनका छिमकीहरुले बताए । उनी काम गर्न गएरु पनि छोराछोरी पाल्न त कक्छन तर सानो बच्चाका कारण उनि घरबाट छुटकारा नपाएका कारण सबै छोराछोरीको भबिस्य अन्धकार हुने भएको उनका आफन्तहरु बताउछन ।

चर्चामा

सम्बन्धित समाचार