• होमपेज
  • विचार/ब्लग
  • के फेरीपनि आम चुनाव अधुरो हुन्छ?

के फेरीपनि आम चुनाव अधुरो हुन्छ?

  • मङ्लबार, साउन २४, २०७९
के फेरीपनि आम चुनाव अधुरो हुन्छ?

सुरेशकुमार पान्डे — सर्वोच्च अदालतले बिदेशस्थित नेपालीहरूलाई उनिहरू जँहा छन त्यँही बाट मतदान गर्न पाउने अधिकारलाई सुनिश्चित गर्ने गरि निर्णय गरेको पनि कयौं बर्ष बित्यो तर त्यसबारे सरकारले ब्यबस्था गर्न सकि रहेकोछैन।अहिले सम्म जतिपनि सरकारबने ति सबैको कम्जोर पक्षहो।
आजको यो विज्ञानिक युगमा तमाम प्रावेधिक टेक्नोलोजिको कमिछैन तर पनि सरकारले त्यसको ब्यबस्था गर्न नसक्दा सङ्का लाग्छ बिदेश स्थित नेपालीहरू लाई सरकारले मतदान बाट पाखा लगाएर चुनाउ गराउँन चाहान्छ।
बिदेशमा काम गरेर बसेका तमाम श्रमजिविहरू देशभक्तछन त्यसकारण पनि सरकारले उनिहरूलाई चुनावमा पाखा लगाउँदै आएकोछ।
के परदेशमा गएका आमा श्रमजिवि नेपाली आफ्नो रहरले गएका हुन त?पढेलेखेका डिप्लोमा होल्डर नेपालीहरू आफ्नो देशमा रोजगार नपाएर बाध्यताले बिदेशमा गएकाहुन।आफ्नै देशमा सानोतिनो काम पाएको भए कसैलाई पनि आर्काको देशमा पचास डिग्रिको घाममा उंट र भेंडा चराउन रहर हुँदैन तर आज कतार,मलेसिया,अफगानिस्तान,कुवेत आदी जस्ता खाडि मुलुकहरूमा नेपाली कामदारहरू पुगेकाछन।के हिंजो पुगेका नेपाली श्रमजिविहरू भोली भोट हाल्न आउंने सम्भावना हुन्छ?छुट्टिको ब्यबस्था भाडाको ब्यबस्था लगायत तमाम समस्यहरू हुन्छन तर उनिहरू बसेको ठाउँबाट मतदान गराउन सरकारलाई खासै समस्याछैन।तरपनि सरकारले सर्वोच्चको आदेशलाई अपहेलना गर्दै आएकोछ।
परिणाम देशमा जहिलेपनि आमा चुनाव अधुरा हुनेगर्छ यद्यापि आम नागरिक बुद्धिजिविहरूको यसबारेमा कुनै मत भेद छैन तरपनि सरकारलाई केले रोकेकोछ?उनिहरूलाई आफु बसेको ठाउबाट मतदान गर्न।
राजमोले र नेकपा मसालले लगातार सदन र सडकमा पनि यसबारेमा माग गर्दै आएको कसैबाट लुकेकोछैन।अहिले मङ्गसिरको चार गते आम निर्वाचनको मिती तोकि सक्दापनि यसबारेमा सरकार मोन रहंदा अहिलेपनि बिदेशस्थित श्रमजिविहरू मतदान बाट वांचित हुने पराय निश्चित देखिन्छ।यसरी देशका आम नागरिकहरूलाई मतदान बाट वांचित गरेर सरकारले कस्को सेवा गर्दैछ? सरकारको ब्यबहार बाट प्रष्ट हुन्छ।बहुदलिय ब्यबस्था आएपछि देशभित्र बिदेशीको हस्तक्षेप लगातार बढेर गएकोछ पहिले एक्काइस जिल्लाहरूमा छिमेकिले गरेको अतिकर्मण त छँदै छ अहिले नागरिकता बिधेयक पारित गराएर सरकारले नाङ्गो दलालि गरेको पनि घाम जस्तै छर्लङ्गैछ।आफ्ना सत्तानलाई तुहिन काटेर मार्दा समेत बोल्न नसक्नेहरू बिदेशीको लगातार दलालि गर्न नतमस्तकछन।
अमेरिकन साम्राज्यवादले मिलिएन चेलेञ्जर कार्पोरे.एम सीसी पारित गराएर एउटा शान्ति क्षेत्रलाई अफ्गान बनाउन थालेकोछ।उस्तै सरकारले बोक्न नसकेको भारि संघियता देशलाई बोकाएर आर्थिक अबस्था डांबाडोल बनाउँन थालेकोछ यस्ता याबत मुद्धाहरूको भारत लगायत तमाम बिदेशमा बसेका नेपालीहरूले लगातार बिरोध गर्दै आएकाछन त्यसै बाट डराएर सरकारले बिदेशस्थित नेपाली श्रमजिविहरूलाई आफु बसेको ठाउँ बाट मतदान गर्ने ब्यबस्था गर्न चाहेकोछैन भन्ने आसंका पैदाहुन्छ।
हुन त हाम्रो हकहितको लागि यो चुनावनै महत्वपुर्ण होइन मात्र एउटा शंघर्ष को आधार हो।गरिब श्रमजिविहरूका लागी चुनाव जितेर अधिकार वा न्याय दिन सकिदैन मात्र एउटा सदन र गाउँको बिचको तुहिन हो त्यो बाट किसान,सर्वहारा सुकुमबासी र जातिय लैङ्गिय हक हितको ग्यारन्टी हुन सक्दैन त्यसका लागी नौलोजनवादी क्रान्ति मात्र विक्लव हो।
हामिले त निर्वाचनलाई उपयोग गरेर नौलो जनवादी क्रान्तीको लागि आधार तैयार पार्ने एउटा माध्यायमको रूपमा लिन्छौँ कतिपयले चुनावलाई जिवन मरणको प्रश्न ठान्छन तिनै राजनीति शक्तिहरू यो ब्यबस्थामा रमाउँने मध्यका प्रतिकृयावादी शक्ति हुन।तरपनि यो पुंजिवादी ब्यबस्थाको चुनाव वा गणतन्त्रिक ब्यबस्थाको लागि रिढ नै मान्निन्छ यस्तो देशको रिढ मान्निने निर्वाचनमा आफ्ना नागरिकलाई पाखा राखेर सरकारले कस्को हित गर्न खोजेकोहो?यो बुझ्न गारोछैन।
अहिले देश बिदेशीहरूको मण्डि बनेको अबस्थामा नागरिक हरूको उपक्षा गर्नुलाई चानचुने कुरा ठान्नु गलतहुनेछ।यही ब्यबहारले संसदको गरिमा समेत बिदेशीको आखडा बन्न सक्ने सम्भावना छ।
चुनावलाई मुख्यरूपमा दुई प्रकारले हेर्नुपर्छ प्रथम हामिले चुनावलाई उपयोग गरेर केहि सिट हात पार्छौं भने जनताको मागलाई एउटा जनप्रतिनिधिको रूपमा संसदमा पुराउने र त्यो माग लागु गर्न संसदमा माहोल तैयार पार्ने त्यसबाट जनताको बिस्वास जित्न र सडकको आन्दोलनलाई चर्काउन आधार बन्नेछ।आर्को आफ्नै नैतिकतामा दाग नलाग्ने गरि चुनावलाई उपयोग गरेर आफ्नो क्रान्तिकारी छबिलाई सस्कत रूपमा सदन र सडक दुबैमा क्रान्तिको आबस्याकता बारे जनतालाई जाग्रित गर्ने।यि दुबै बाटो मध्य अबस्थानुसारको बाटो रोज्नुपर्छ।हामिले एक्लैपनि चुनावमा जांदा आफ्नो क्रान्तिकारी छबिको रक्षागर्न सजिलो हुन्छ गठबन्धन बाट आफ्नो नितीलाई सजिलरी जनतामा जान गारो हुन्छ।पार्टीले अहिले सरकार सँग न समबन्ध न सम्बन्ध बिक्षतको निती अप्नाउनुमा पनि त्यही रणनिती छ भनेर बुझ्नुपर्छ तर एउटा प्रतिगामी शक्तिलाई हराउन आर्को बिदेशीको दलाललाई समर्थन दिनु समय र परिस्थिती मिल्दो जुल्दो हुंदा सम्म मात्र हुन सक्छ।अहिले राजमोले दुश्मनको दुश्मनसँग दोस्तिगरेर दुश्मनलाई हराउने प्रयात्नमा आफ्ना कार्यक्रताहरूलाई पनि बिस्वासमा लिन सक्नुपर्छ।अहिले सम्म बिदेश स्थित नेपाली श्रमजिविहरूको हितमा राजमोले मात्रै आवाज उठाउँदै आएकोछ।तरपनि सरकारलाई समर्थन दिएपछि जति अरूपार्टीको बिरोध भएकोछैन तर राजमोको सबैभन्दा बढी बिरोध हुंदैआएकोछ।यद्यापी राजमोले संघियता,एमसीसी,एसपीपी र अहिले नागरिकता बिधेयकको सदन र सडक समेत बाट ब्यपक बिरोध र भण्डाफोर्ड गर्दै आएकोछ।त्यसकारणले सरकारलाई समर्थन दिएपनि नैतिक स्तरमा अहिलेपनि राजमो बिचलित छैन भन्नेकुरा बुझ्न सकिन्छ।

चर्चामा

सम्बन्धित समाचार