शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • शुक्रकीट र डिम्बबिनै वैज्ञानिकले तयार गरे पहिलो कृत्रिम भ्रूण

शुक्रकीट र डिम्बबिनै वैज्ञानिकले तयार गरे पहिलो कृत्रिम भ्रूण

  • सोमवार, साउन २३, २०७९
शुक्रकीट र डिम्बबिनै वैज्ञानिकले तयार गरे पहिलो कृत्रिम भ्रूण

चिकित्सा विज्ञानको जगतमा वैज्ञानिकहरूले नयाँ नयाँ चमत्कार गर्दै आएका छन् । टेष्ट ट्युब प्रविधिबाट बच्चा जन्माउने प्रविधि विकास भएको आधा शताब्दी भैसकेको छ ।

वैज्ञानिकहरूले क्लोनिङ प्रविधिबाट डली नामक भेडा पनि तयार गरेका थिए । यसबीचमा वैज्ञानिकहरू अब कारखानामै जीव पैदा गर्ने दिशामा अगाडि बढिरहेका छन् ।

वैज्ञानिकहरूले पहिलोपटक शुक्रकीट, डिम्ब तथा गर्भविना नै कृत्रिम भ्रूणको विकास गरेका छन् ।

वैज्ञानिकहरूले विश्वमा पहिलोपटक कृत्रिम भ्रूण तयार गरेका छन् । यसमा जीवको मुटु पनि धडि्कएको छ भने मस्तिष्कले पनि पूर्ण आकार ग्रहण गरेको छ । कोषिकाबाटै एउटा पूर्ण जीव विकसित गर्ने दिशामा यो निकै महत्वपूर्ण खोज भएको बताइएको छ ।

मेडिकल साइन्स जर्नलमा प्रकाशित शोध प्रतिवेदन अनुसार वैज्ञानिकहरूले मुसाको स्टेम कोषिकाबाट भ्रूणको विकास गरेका छन् ।

हालै इजरायली वैज्ञानिकहरूले कृत्रिम भ्रूण तयार गर्ने कार्यमा ठूलो सफलता हात पारेका हुन्। उनीहरूले प्रयोगशालामा एउटा सानो भाँडोमै भ्रूण विकसित गरेका छन् । यो प्रयोगका माध्यमबाट भविष्यमा कुनै दिन मानिसका लागि समेत प्रतिस्थापन अंगहरूको उत्पादन गर्ने योजना छ ।

यसक्रममा वैज्ञानिकहरूले कृत्रिम भ्रूण तयार गरेका छन् जुन निषेचित डिम्बविना नै बनाइएको छ । यसका लागि मुसाको स्टेम कोषिकाको प्रयोग गरिएको छ ।

एक हप्ताभन्दा धेरै समय पश्चात् उक्त भ्रूण जस्तो संरचना एक अल्पविकसित मुटु, रक्त सञ्चार प्रणाली, मस्तिष्क तथा पेटको प्रारम्भिक चरणका साथ तयार भैरहेको छ ।

इजरायलको भिजम्यान इन्स्टिच्युटका परियोजना प्रमुख प्राध्यापक ज्याकोब हन्नाका अनुसार भ्रूण सबैभन्दा राम्रो अंग बनाउन मेसिन तथा सबैभन्दा राम्रो थ्री डी बायोप्रिन्टर हो । स्टेम कोषिकालाई आफूले अब के गर्नुपर्छ भनेर कसरी जानकारी हुन्छ ? भन्ने तथ्य पत्ता लगाउने कोसिस वैज्ञानिकहरूको छ । भ्रूणभित्र आफ्नो निर्धारित स्थानका लागि आफ्नो बाटो कसरी खोज्दछ ? एजेन्सी

चर्चामा

सम्बन्धित समाचार