शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • फुटबल
  • बोरुसिया डर्टमण्डको जितमा बनेको कीर्तिमान

बोरुसिया डर्टमण्डको जितमा बनेको कीर्तिमान

  • आइतवार, साउन २२, २०७९
बोरुसिया डर्टमण्डको जितमा बनेको कीर्तिमान

काठमाडौं — बोरुसिया डर्टमण्डले नयाँ सिजनको बुण्डेसलिगामा बायर लेभरकुजनलाई १-० ले पराजित गर्दै सुखद सुरुवात गरेको छ ।

घरेलु मैदान सिग्नल इडुना पार्कमा भएको खेलमा डर्टमण्डका लागि मार्को रिउसले गोल गरे । उनले खेलको नवौँ मिनेटमै गोल गरेका थिए । त्यही गोल तीन अंक दिलाउन निर्णायक बन्यो ।

गत सिजन पनि डर्टमण्डका लागि रिउसले नै पहिलो गोल गरेका थिए । जितपछि डर्टमण्ड लगातार आठ सिजन बुण्डेसलिगामा आफ्नो पहिलो खेल जित्ने कीर्तिमान बनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार