गजल!

  • शनिबार, साउन २१, २०७९
गजल!

आज यही सरकार पनि बद्नाम भयो,
जनताको लागी यो पनि वेकाम भयो।

खोला उर्लिंदा त खुबै उफ्रिनथ्यो ढुङ्गा,
मन्दिरमा पुगेपछि बल्ल आराम भयो।

आज मान्छेको माझ मा पनि बिभेद छ,
सबैको इन्शाफ गर्ने त याहाँ दाम भयो।

प्रेमीले लाख कोसिश गर्दा नी सकिन दिन,
अन्त मा निसानि त्यही पत्रको खाम भयो।

जिवन भरी सामन्तिको बिरूद्ध शंघर्षगरें,
आज उसैको काम नगर्दा के लगाम भयो।

बल्ल बल्ल यो सेतेलेपनि वाइक किनेपछी
पेट्रोलको दाम बढ्यो बेच्न कताजाम भयो।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार