शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • फुटबल
  • विश्वकप २०२२ः मेस्सीलाई अन्तिम मौका

विश्वकप २०२२ः मेस्सीलाई अन्तिम मौका

  • शनिबार, साउन २१, २०७९
विश्वकप २०२२ः मेस्सीलाई अन्तिम मौका

लियोनल मेस्सी अर्थात् फुटबलको नयाँ युगका एक महान् खेलाडी । विश्व फुटबलमा उत्कृष्ट खेलाडी को हो ? भन्ने चर्चाका दुई पात्र मध्यका एक हुन् मेस्सी । मेस्सीसँग चर्चामा आउने दोस्रो पात्र हुन् क्रिस्टियानो रोनाल्डो ।

विश्व फुटबलमा अर्जेन्टिना चर्चामा आइराख्ने टोली हो । कारण– म्याराडोना, मेस्सी जस्ता ठूला खेलाडीको जन्म सोही भूमिमा भएको हो । उनीहरूले अर्जेटिनालाई विश्व फुटबलको एक उत्कृष्ट टोली बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

मेस्सी महान् खेलाडी हुन्, यसमा दुई मत छैन । अर्जेन्टिनालाई कोपा अमेरिका जिताएका मेस्सीलाई अहिले आफूलाई सफल साबित गर्ने अन्तिम मौका आएको छ । ​मेस्सीका लागि कतार विश्वकप २०२२ अन्तिम मौका हो । ३५ वर्षे मेस्सीले यसपछि विश्वकप खेल्ने सम्भावना कमै छ । क्लब जीवनमा थुप्रै उपाधि जिताएका मेस्सीले राष्ट्रका लागि विश्वकप उपाधि जिताउने जिम्मेवारी काँधमा आएको छ ।

जति–जति मेस्सीको उमेर बढ्दो छ, त्यति नै फुटबल प्रेमीहरूको मनमा एउटा डर उत्पन्न हुन्छ । कारण उनले देशलाई विश्वकप उपाधि दिलाउन सकेका छैनन् । यसअघि मेस्सीलाई कोपा अमेरिका भए पनि देशका लागि एक उपाधि जिताउने दबाब थियो । त्यो भने मेस्सीले सन् २०२१ मा ब्राजिलमा भएको कोपा अमेरिकाबाट पूरा गरेका थिए ।

मेस्सीले अर्जेन्टिनालाई ‘विश्वकप फुटबल’मा फाइनलमा पुर्‍याए पनि उपाधि दिलाउन भने सकेनन् । अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट खेल्ने धेरैजसो खेलाडी युरोपियन क्लबहरूमा राज गरिरहेका छन् । स्पेनिस क्लब बार्सिलोनामा लामो समययता राज गरेर फ्रान्सेली क्लब पीएसजीमा गएका मेस्सी एक सिजन कमजोर फर्ममा रहे । तर, सिजनको सुरुवात हुनु पूर्व उनी उत्कृष्ट फर्ममा छन् ।

मेस्सीसँगै युरोपको फुटबलमा इटालियन क्लब रोमामा पाउलो डिबाला, इटालियन क्लब युभेन्ट्समा एन्जल डी, इटालियन क्लबमा लाउरेटो मार्टिनेज, बार्सिलोनामा मार्टिनेजलगायत खेलाडीहरू विश्व फुटबलमा राज गरेर बसेका छन् ।

जब अर्जेन्टिनाले अन्तर्राष्ट्रिय स्तरमा ठूलो प्रतियोगिता खेल्छ, सबैभन्दा पहिला मेस्सीको नाम आउँछ । गोल गर्ने खेलाडीको पहिलो रोजाइमा रहेका हुन्छन्, उनी । सन् २०१८ मा रुसमा विश्वकप फुटबल सम्पन्न भयो । उक्त विश्वकपमा कप्तान मेस्सीले आफ्नो टोलीलाई अन्तिम १६ सम्मको यात्रा तय गराए । तर, फ्रान्ससँग ४–३ गोल अन्तरले पराजित हुँदै अर्जेन्टिना विश्वकप फुटबलबाट बाहिरिएको थियो । उक्त हारपछि मेस्सीले राष्ट्रिय टोलीबाट केही समय विश्राम लिए ।

मेस्सी ‘कोपा अमेरिका’का लागि राष्ट्रिय टोलीमा फर्किए । पुनरागमनपछि राष्ट्रिय टोलीबाट मेस्सीले खेलेको पहिलो मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले निकारागुआलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गर्‍यो ।

उक्त खेलपछि अर्जेन्टिनाले खेलमा राम्रो लय ल्याएको अर्जेन्टिनाका समर्थकहरूको आशा थियो । उक्त आशा त्यसको एक सातापछि निराशामा बदलियो । अर्जेन्टिनाले ‘कोपा अमेरिका’को पहिलो खेलमा नै पराजित हुँदै प्रतियोगिताको नमीठो सुरुआत गर्‍यो । पहिलो खेलमा पराजित हुँदा नै समर्थकहरुले कप्तान मेस्सीको आलोचना गर्न थाले । अर्जेन्टिना कोलम्बियासँग २–० गोलले पराजित भएको थियो ।

पहिलो खेलमा पराजित अर्जेन्टिनाले ‘कोपा अमेरिका’को दोस्रो खेलमा पाराग्वेसँग १–१ गोलको बराबरी खेल्यो । त्यसपछि अर्जेन्टिनालाई तेस्रो खेलमा भने सफलता मिल्यो ।

अर्जेन्टिना क्लाटरफाइनलमा पनि सफल भयो । उसले क्वाटरफाइनलमा भेनेजुयलालाई २–० गोल अन्तरले जित्यो । अर्जेन्टिनाको यात्रा सेमिफाइनलमा सीमित भयो । सेमिफाइनलमा अर्जेन्टिना आयोजक ब्राजिलसँग २–० गोल अन्तरले पराजित भयो ।

२०१९ को कोपा अमेरिकामा पनि अर्जेन्टिना मेस्सीको भरमा नै देखिन्थ्यो । जसमा मेस्सीले पेनाल्टीमार्फत् जम्मा एक गोल मात्र गरेका थिए । मेस्सी ब्राजिलमा भएको ‘कोपा अमेरिका’ मा बल्ल सफल भए । फाइनल खेलमा अर्जेन्टिनाले ब्राजिललाई १–० गोल अन्तरले हराउँदै उपाधि जित्यो ।

अब मेस्सीका लागि विश्वकप २०२२ फुटबल करिअरको अन्तिम मौका हुनेछ । तर, मेस्सी अफ्नो फुटबल करिअर सकिनुभन्दा पहिला देशका लागि विश्वकप उपाधि जिताउन चाहन्छन् । जसका लागि मेस्सी तयार पनि छन् ।

मेस्सीले आफ्नो तेस्रो विश्वकप खेल्दै गर्दा विश्वभरका अर्जेन्टिना तथा मेस्सी समर्थकहरूको नजर उनमा हुनेछ । उसो त मेस्सी आफै पनि अहिले सफल हुने होडमा छन् । सन् २०१४ को विश्वकपमा अर्जेन्टिना फाइनल खेलमा जर्मनीसँग पराजित भयो । उक्त विश्वकपमा मेस्सी उत्कृष्ट खेलाडी साबित भए । त्यसपछि २०१८ विश्वकपमा भने मेस्सीले सोचेअनुसार प्रदर्शन गर्न सकेनन् ।

अहिले मेस्सीले आफ्नो जीवनको पाँचौँ विश्वकप खेल्दैछन् । मेस्सी सन् २००६ देखि २०१८ सम्म अर्जेन्टिनाको विश्वकप टोलीमा छन् ।

विश्वकप अर्जेन्टिनाका लागि कति सहज ?

अर्जेन्टिना विश्वकपका लागि सहज समूहमा छ । उसको अहिलेको फर्म र टिमलाई हेर्ने हो भने समूह सी अर्जेन्टिनाका लागि सहज समूह हो । अर्जेन्टिना रहेको समूहमा साउदी अरेविया, मेक्सिको र पोल्यान्ड छन् । यो समूहमा तीन खेल खेल्दै शीर्ष दुई टोलीले अघिल्लो चरण पार गर्नेछन् ।

त्यसमा अर्जेन्टिना बलियो छ । त्यसपछि अर्जेन्टिनालाई अन्तिम १६ मा कस्तो प्रतिद्वन्द्वी पर्ने भन्ने कुरामा अघिल्लो चरणले निर्क्योल गर्नेछ । अहिलेको अर्जेन्टिनाको टिममा मार्टिनेज, जोकुइन कोरेरा, एन्जल डी मारिया, पाओलो डीबाला, डी पाओल, फ्रान्को अर्मानी, मार्टिनेज, लिसान्ड्रो मार्टिनेज जस्ता खेलाडी छन् ।

यो टिमले अर्जेन्टिनालाई बलियो दावेदारीको रुपमा प्रस्तुत गर्ने कुरामा दुई मत छैन । तर खेल न हो, यसै भन्न सकिन्न ।

चर्चामा

सम्बन्धित समाचार