आतङ्क फैलिन्छ भुईचाल हुन्छ सधै,
देशमा भ्रष्टचार र अनिकाल हुन्छ सधै।
हुंदैन बिकास अनी खतरामुक्त यो देश,
सडक र सदनमै पनी बबाल हुन्छ सधै।
डिग्री होल्डरले राहदानी लिने लाईनमा,
बा र आमाको घरमा वेहाल हुन्छ सधै।
नेताले बर्गशंघर्षका खुब भाषन गर्छन,
याहाँ उनैको बिचमा पर्खाल हुन्छ सधै।
देश जनताको कसैलाई सरोकार छैन,
बिदेशीको मात्रै त देखभाल हुन्छ सधै।
नाम क्रान्तिको तर काम धन कमाउने,
बिचार सुन्य बन्दुकको नाल हुन्छ सधै।
सुरेशकुमार पान्डे।