मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • फुटबल
  • साफ यू-२० च्याम्पियनसिप : नेपाल बाहिरियो, बंगलादेश र भारत फाइनलमा

साफ यू-२० च्याम्पियनसिप : नेपाल बाहिरियो, बंगलादेश र भारत फाइनलमा

  • बुधबार, साउन १८, २०७९
साफ यू-२० च्याम्पियनसिप : नेपाल बाहिरियो, बंगलादेश र भारत फाइनलमा

काठमाडौं — नेपाल भारत यू-२० च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भए खेलमा नेपालले बंगलादेशसँग १–१ को बराबरी खेल्यो भने भारतले माल्दिभ्सलाई १-० गोल अन्तरले ले पराजित गर्यो । यो नतिजासँगै भारत फाइनल प्रवेश गरेको छ भने नेपाल समूह चरणबाटै बाहिरएको छ ।

तनावपूर्ण खेलमा तीन रातो कार्ड

भारतसँग ८–० को लज्जास्पद हार व्यहोरेको नेपालका लागि फाइनल प्रवेशको सम्भावना कायम राख्न बंगलादेशमाथि भारी गोल अन्तरको जित चाहिएको थियो ।

भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको खेल १–१ गोलको बराबरीमा सकियो, जुन खेलको दोस्रो हाफ भने तनावपूर्ण रह्यो । तीन खेलाडीले रातो कार्ड पाएका थिए ।

पहिलो हाफमा नेपालले गोल गर्ने केही राम्रो अवसर पाए पनि सफल हुन सकेन । १५औं मिनेटमा कप्तान आयुष घलानले बक्स भित्रबाट प्रहार गरेको बल बंगलादेशी डिफेण्डरलाई लाग्दै बाहिरिएको थियो । ३३ औं मिनेटमा दिपेश गुरुङले पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेको फ्रिकिक बंगलादेशी गोलकिपर मोहम्मद आसिफले पञ्च गर्दै बचाए ।

दोस्रो हाफमा दुवै टोलीले आक्रामक खेल खेलेका थिए । तर दोस्रो मिनेटमै तनाव देखियो । बंगलादेशका कप्तान तनविर हुसेनले नेपालका कृतिश रत्न छुन्जुलाई लडाएपछि लाइन्स म्यानले फल दिए । हुसेन, लाइन्सम्यानसँग प्रतिवाद गर्न गए । नेपालका कप्तान आयुष घलानले बंगलादेशी खेलाडीलाई धक्का दिएपछि हात हालाहालको स्थिति बन्यो ।

रेफ्रीले बंगलादेशका शहीदुल इस्लाम र नेपालका दिपेश गुरुङलाई रातो कार्ड देखाए । पहिल्यै पहेँलो कार्ड पाइसकेका शहीदुललाई दोस्रो पटक पहेँलो कार्ड देखाउँदै रातो कार्ड देखाएका थिए । हात हालाहालमा संलग्न भएका नेपालका बेन्चमा खेलाडी रोहित सुब्बालाई पनि रेफ्रीले रातो कार्ड देखाए । मैदानमा दुवै टिम १०-१० खेलाडीमा सिमित भयो ।

खेल झनै प्रतिस्पर्धात्मक बन्यो । ६३औं मिनेटमा अहमेद नोभाले गोल गर्दै बंगलादेशलाई पहिले अग्रता दिलाए, तर पाँच मिनेटपछि ने नेपालले गोल फर्कायो । ६८औं मिनेटमा निरन्जन मल्लले बक्स बाहिरबाट शानदार गोल गर्दै खेल बराबरी गरे ।
८८औं मिनेटमा बंगलादेशका नोभाले वान भर्सेस वानमा गोल गर्सकेनन् । नोभाको प्रहार नेपालका गोलकिपर इश्वर गुरुङले बचाएपछि खेल बराबरीमा टुंगियो ।

बराबरीपछि चार खेलबाट १० अंक जोड्दै बंगलादेश लिगको शीर्ष स्थानमा रहेर फाइनल प्रवेश गर्यो । समान चार खेलबाट ७ अंक जोडेको नेपालका लागि भने भारत र माल्दिभ्सको खेल महत्वपूर्ण भयो ।

६ अंक जोडेको भारत, माल्दिभ्ससँग भारत पराजित भएमा नेपाल फाइनल पुग्ने भयो । बराबरी वा जितले भने भारत फाइनल पुग्ने अवस्था बन्यो ।

अन्तिम समयको गोलमा भारतको जित

कालिंगा रंगशालामा माल्दिभ्समाथि दबाब बनाएको भारतले गोलका लागि आधा दर्जन भन्दा बढी अवसर गुमाएको थियो । तर ९०औं मिनेटमागुरकिरत सिंहले विजयी गोल गरे ।

यही गोलको मदतमा १–० को जित निकालेको भारत ९ अंकसहित लिगचरणमा दोस्रो भएर फाइनल पुग्यो । उपाधि जित्ने लक्ष्यका त भारत पुगेको नेपालसँगै माल्दिभ्स र श्रीलंका भने लिग चरणबाटै बाहिरिए ।

नहुनुपर्ने घटना भयो : साहुखल

नेपालका सहायक प्रशिक्षक बालगोपाल साहुखलले भारसँग भएको खेलको ङओभर अझै नसकिएको बताए । खेलाडीहरूबीच भएको हात हालाहाललाई उनले नहुनु पर्ने घटना भनेका छन् ।

‘पछिलो खेलको नतिजाले गर्दा दबाव थियो । त्यसमा सुधार गर्दै राम्रो गर्ने प्रयास गर्यौँ, तर भारतसँग हारको ह्यांगओभर अझै हराएको थिएन,’ खेलपछि साहुखलले भने, ‘आज जुन घटना भयो, त्यसलाई ‘अभोइड’ गर्न सकिन्थ्यो ।’

भारतसँग हारपछि पराकिलो जित चाहिएकाले खेलाडीमा निराश भएको र सम्हाल्न नसकेको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार