छट्पटी

  • मङ्लबार, साउन १७, २०७९
छट्पटी

केही लेख्दै मा छट्पटी भयाे र साथि
मैले केही लेखेर छाेडिदिए साथि
कहिलेकाही म देखेकाे लेख्छु
कहिलेकाही म सुनेको लेख्छु
साथि ,
तिमिले बाेलिमा बिस्वासघात गरेका थियाै
तिमिले शब्द मा बेईमान गरेका थियाै
राजनीतिक रुपले बिस्वासघात
र बेईमान मैले गरेको छैन साथि ।
साथि,
म दुस्मन हुदै हाेईन र तिमिलाई पनि
दुस्मन हाै भनेकै छैन साथि
बाेलि मा पिराे हाेला
लेख अमिलो हाेला
शब्द ले छट्पटी बनायो र साथि
साथि ,
साथिका सयौं झुट र बेइमान ले
ब्याप्त भएको बेला
थाेरै अमिलो ,थाेरै पिराे लाग्न सक्छ
सङघर्ष काे मैदान जनताको अागन
कफन बेरेर हाेमिएका हामी
भान्सा नमिल्दा छुट्टिनु स्वाभाविकै हाेईन र साथि ?

केही बिराेध गर्दै मा घर भत्काउने
धमिरा त म हाेईन साथि
सुरुङ खन्ने मुसा पनि त म हाेईन साथि
म त बाघ काे छारा डमरु हुँ साथि
म सुन्ने गरि बाेल्छु
मैले देख्ने गरि लेख्छु साथि
शब्द ले छट्पटी भयो र साथि ?

साथि ,
म बुझ्दछु तपाईंको छट्पटी
किन कि स्वार्थमा डुव्ने जिवन
र सर्वहारा बर्ग काे जीवन मा फरक हुन्छ साथि
साथि ,
तिमिमा केही स्वार्थ हाेला
म त निस्वार्थि छु साथि
निस्वार्थ भावना छ साथि
तिमी बरु कसैकाे सल्लाह मा लागेउ साथि
म त अाफ्नै दम मा छु साथि ।

साथि ,देखेकाे सत्य र सुनेको झुट हुन्छ भन्ने के छ साथि
कहिलेकाहीँ देखेकाे पनि गलत हुन्छ साथि
कहिलेकाही सुनेको सत्य पनि हुन्छ साथि
त्यसकारण ,
छट्पटी नगराै साथि ।

रवि पाैडेल

चर्चामा

सम्बन्धित समाचार