आइतवार, बैशाख ३०, २०८१

देशभक्तहरु !!

  • सोमवार, साउन १६, २०७९
देशभक्तहरु !!

जनक बि सि

नेपाली हामी गाउँ है गित देशकै मायाकाे
तराई पहाड सितल दिने हामीलाई हिमालि छाँयाकाे ।

पुर्बकाे सिमा मेचीमा नदि महाकाली पस्चिम
स्वतन्त्र रहाेस गणतन्त्र बचाेस नबनाेस सिक्किम ।

सिमाना पारिका नागरिक बढदै नेपाली माटोमा
उठेर राेकाै देश जान लाग्याे फिजिकाे बाटोमा ।

बुलन्द पाराै सबैले आवाज याे देशको मायालाई
नेपाली हामी नेपाल हाम्रो जाेगाई राख्नलाई ।

समुन्द्र पारि बाट नै आयो एमसिसि एपिपि
नेपाल आमाका सपुत नै के गर्‍यौं छि छि ।

नबाेल धेरै रास्ट्रबादि कुरा डर तिमीहरू कै धेरै छ
साम्राज्यवादका चाटुककार बन्याै जन – मिलि उठैछ ।

नचाहेको प्रणालि संघियता ल्यायाै देश झनै बर्बाद पार्‍या छाै
सात सात वटा मुख्यमन्त्री मन्डल धान्दा जनताको झनै ढाँडै भाच्या छाै ।

चाहिदैन संघियता प्रणालि खारेजी दिशामा जाऊ
याे देशलाई बचाउ फेरि ए,,,,,,,,,,,,, देशभक्तहरु जुरुक्क उठि आऊ ।

चर्चामा

सम्बन्धित समाचार