शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अर्थ
  • बझाङको मष्टाले एकल पुरुषलाई भत्ता दिने

बझाङको मष्टाले एकल पुरुषलाई भत्ता दिने

  • सोमवार, साउन १६, २०७९
बझाङको मष्टाले एकल पुरुषलाई भत्ता दिने

बझाङ — बझाङको मस्टा गाउँपालिकाले ४० वर्ष पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ।

आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्याक्रममार्फत ४० वर्ष पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको थियो।
सोही निर्णय अनुसार गाउँपालिकाले आइतबार सार्वजनिक सूचना जारी गर्दै ४० वर्ष पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताका लागि आवेदन दिन अनुरोध गरेको छ।

सूचना अनुसार ४० वर्ष पूरा भइ ६० वर्ष नपुगेका दलित पुरुष र ४० वर्ष पूरा भएर ६८ वर्ष पूरा नभएका गैर–दलित पुरुषलाई भत्ताका लागि आवेदन दिन सक्नेछन्।

चर्चामा

सम्बन्धित समाचार