• होमपेज
  • बडिमालिका
  • साँफे मार्तडी सडकको द्धारी पहिरोको बैकल्पीक मार्ग खोल्न पहल गर्दै बुढीगंगा

साँफे मार्तडी सडकको द्धारी पहिरोको बैकल्पीक मार्ग खोल्न पहल गर्दै बुढीगंगा

  • सोमवार, साउन १६, २०७९
साँफे मार्तडी सडकको द्धारी पहिरोको बैकल्पीक मार्ग खोल्न पहल गर्दै बुढीगंगा

बाजुरा — बुढीगंगा नगरपालिकाका १ अमकोट द्धारी क्षेत्रको सडकको बैकल्पीक खोज्न बुढीगंगा नगरपालिकाले पहल सुरु गरेको छ । बिगत ४ बर्ष देखि बर्षातको समयमा ३, ४ महिना बन्द हुदै आएको बल्दे, अमकोट देखि द्धारीसम्मको सडक बन्द हुदै आएको छ ।
बिगतको बर्षहरुमा सो क्षेत्रको बैकल्पीक बाटो खोल्न धेरै पहल नभए भए पनि असार २३ गते बुढीगंगा नगरपालिकामा आएको नवनिर्बाचित जनप्रतिनिधि आएपछि जिल्लालाई नै निकास दिने गरि काम सुरु गरिएको छ ।
साउन १५ गते बैकल्पीक बाटो खोल्न पहलका लागि बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानिया उपप्रमुख माया कुवर प्राबिधिक टोली सहित वडा नम्बर १ अम्कोट पुगेर छलफल सुरु गरेका छन् ।
छलफल पछि वडा नम्वर २ को कन्सन बाजुराको मूनीलाई जिरो प्वाईन्ट मानेर अमकोट गाँउ हुँदै बडिमालिका र बुढीगंगाको सिमाना हरडे आसपास जोड्ने गरि सहमति भएको नगर प्रमुख रामबहादुर बानियाले बताए ।
बुढीगंगा नगरपालिका १ का वडा अध्यक्ष रणबहादुर थापाको अध्यक्षता तथा नगर प्रमुख रामबहादुर बानियाको बिषेश उपस्थितिमा सडक खुलाउने निर्णय भएको वडा अध्यक्ष रणबहादुर थापाले बताए ।
वडा कार्यालयको आयोजनामा अमकोट गाउबासीको भेलालले गाउको बिचको गोरेटो बाटोलाई आधार मानेर प्राबिधिकको डिजाईन अनुसार सडक खुलाउन सहमति गरिएको स्थानिय लक्ष्मीराज पाध्यायाले बताए ।
भेलाले गोरेटो बाटोलाई आधार मानेर सडक खन्ने सो क्षेत्रमा पर्ने जग्गा घर छाना लगा भत्काउदा कसैले पनि अबरोधन नगर्ने प्रतिबद्धता समेत गरेका पाध्यायाले बताए ।
स्थानियको सहमति भई सकेको र जिल्ला प्रशासन कार्यालय सडक डिभिजन कार्यालय साफेबगर अन्य पालिकाका प्रमुखहरुसंग समन्य भएकोले भोली साउन १७ गते सर्ब पक्षिय बैठक बोलाएको नगर प्रमुख बानियले बताए ।
सर्ब पक्षिय बैठकले निर्णय अनुसरा साउन १८ गतेबाट नै सडक खन्न सुरु गरिने नगर प्रमुख बानियाले बताए । बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले सडक खोल्ने पहलको बिषय राम्रो उठेको छ । प्राबिधिक कुरा भएकोले खोल्न के कति लागन लाग्ने हो अन्य कुराको जानकारी सडक डिभिजन र प्राबिधिकबाट आउने बताए ।
साउन १७ गते बुढीगंगा नगरपालिकाले बैठकको आयोजना गरिएको छ । त्यहि सडकका प्राबिधिक अन्य पालिकाका प्रतिनिधि स्थानियको उपस्थितिमा निचोड निकालेर कामको थालनी गर्ने बताए ।

चर्चामा

सम्बन्धित समाचार