• होमपेज
  • देश
  • जर्मनीलाई हराउँदै इंग्ल्याण्डलाई युरोकपको उपाधि

जर्मनीलाई हराउँदै इंग्ल्याण्डलाई युरोकपको उपाधि

  • सोमवार, साउन १६, २०७९
जर्मनीलाई हराउँदै इंग्ल्याण्डलाई युरोकपको उपाधि

जमर्नीलाई हराउँदै इंग्ल्याण्डले महिला युरोकपको उपाधि जित्न सफल भएको छ । वेम्ब्लेमा भएको फाइनल खेलमा २-१ को जीत हासिल गर्दै इंग्ल्याण्डले नयाँ इतिहास रच्न सफल भएको हो । इंग्ल्याण्डको महिला टोलीले जितेको यो पहिलो प्रमुख उपाधि हो ।

सब्सिटिट्युट क्लोइ केलीले अतिरिक्त समयमा गोल गर्दै टोलीलाई जीत दिलाइन् । यसअघि, एला टुनले खेलको ६२ औँ मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएकी थिइन् । तर, ७९ औँ मिनेटमा जर्मनीकी लिना मागुलले गोल गर्दै खेल बराबरी गरेकी थिइन् । निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो । एजेन्सी

चर्चामा

सम्बन्धित समाचार