गजल!

  • आइतवार, साउन १५, २०७९
गजल!

खै ढोङ्गी हुन वा यिनी क्रान्तिकारी केथाहा,
शहिदको खेती र कात्राको ब्यपारी केथाहा।

देखाउँछन जनतामा झुठा सपना र मार्छन,
आमा पोइल लगाई बुझछन जारी केथाहा।

एक देशभक्तले यहा आफ्नो प्राण लगायो,
यही देशभक्तीपनि हुनेरैछ बिमारी केथाहा।

आफुलाई कसैले चोर भन्दैन डांका भन्दैन,
बोकेकाछन साम्राज्यवादको भारी केथाहा।

जनता यिन्लाई नेता न भनौं यि देलाल हुन,
यही देश कुन भिरमा लान्छ लतारी केथाहा।

साम्राज्यवाद आँ गरेर बसेकोछ मौका ढुकी,
लग्छ देश,सन्तानलाई आपसमा नारी केथा।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार