• होमपेज
  • बडिमालिका
  • समाज सुधार युवा क्लवद्धारा सरसफाई सप्ताह सुरु

समाज सुधार युवा क्लवद्धारा सरसफाई सप्ताह सुरु

  • शनिबार, साउन १४, २०७९
समाज सुधार युवा क्लवद्धारा सरसफाई सप्ताह सुरु

जंग रावल — बडिमालिका नगरपालीकाको आयोजनामा बजार सरसफाई सप्ताह सुरु गरेको छ । बडिमालिका नगरपालिकाको समन्वयमा समाज सुधार युवा क्लबको आयोजनमा बजार सरसफाई सप्ताह सुरु गरेको हो ।
प्रशिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिमालिका तिर्थ यात्रा नजिकिदै गर्दा बडिमालिका नगरपालीकाको सदरमुकाम मार्तडी हुँदै बडिमालिका दर्शन गर्ने दर्शनार्थीहरुलाई हिड्न सहज होज भन्ने उदेश्यले बडिमालिका सरसफाई अभियान सुरु गरेको बडिमालिका नगरपालिका उप प्रमख नन्दा थापाले बताएकी छन ।
भविश्य सोचौँ बर्तमान सुधारौँ स्वच्छ नगर हाम्रो अभियान भन्ने मुल नारा सहित सरसफाई अभियान संचालन गरेको बडिमालिका नगरपालीका उपप्रमुख थापाले बताएकी छन ।
बडिमलिका तिर्थ यात्रा सफल पार्न र जिल्ला बाहिरका तिर्थ यात्री भक्तजनहरुको यात्रा रमणीय बानोस भन्ने उदेश्यले समाज सुधार युवा क्लबले सरसफाई अभियानको अगुवाइ गरेको समाज सुधार युुवा क्लबका अध्यक्ष प्रेम नेपालीले बताए ।
बजार सरसफाई अभियानमा बडिमालिका नगरपालीकाका जनप्रतिनिधि ,समाज सुधार युवा क्लब र बजार बासी स्थानीयहरु सप्ताह सरसफाई अभियान जारी रहेको स्थानीयको बडिमालिका नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रंगमल बिकले बताए ।
बडिमालिका तिर्थ यात्रा सफल पार्न बडिमालिका नगरपालीकाका जनप्रतिनिधि सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी युवाहरु स्थानीय बजारबासी लगाएतको उपस्थीतिमा सरसफाई अभियान संचालन भएको छ ।

चर्चामा

सम्बन्धित समाचार