बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बुढीगंगा
  • गरिव तथा जेहेन्दार बिद्यार्थीलाई बुढिगंगाले शैक्षिक प्रमाण पत्र धितो राखेर कर्जा दिने

गरिव तथा जेहेन्दार बिद्यार्थीलाई बुढिगंगाले शैक्षिक प्रमाण पत्र धितो राखेर कर्जा दिने

  • शुक्रबार, साउन १३, २०७९
गरिव तथा जेहेन्दार बिद्यार्थीलाई बुढिगंगाले शैक्षिक प्रमाण पत्र धितो राखेर कर्जा दिने

बाजुरा–बाजुराको बुढिगंगा नगरपालिकाले आर्थिक अभावमा उच्च शिक्षा अध्ययन गर्न वञ्चित जेहेन्दार तथा गरिव विद्यार्थीहरुलाई कर्जा दिने भएको छ । पठनपाठन बाट कोहि पनि बञ्चित नहोस भनेर शैक्षिक प्रमाण पत्र धितो राखेर कर्जा उपलब्ध गराउने निति तथा कार्यक्रममा ल्याएको छ ।
नगरपालिकाले शैक्षिक विकास कोष स्थापना गरि त्यस वाट सहुलियत कर्जा प्रदान गरिने भएको नगरप्रमुख राम बहादुर बानियाँले वताएका छन् । साँवा तथा सहुलियत व्याज वापतको रकम अध्ययन सकिएपछि किस्तावन्दीमा तिर्ने गरी आवश्यक व्यवस्था मिलाईने बानियाँले वताए ।
उच्च शिक्षा पढन नसकेर धेरैले बिद्यालय छोडेर भारतमा जानुपर्ने बाध्यता रहदै आएको छ । एसएलसी सम्म जेनतेन सम्म पढने गरेका छन्, त्यसपछि पैसा नभएर बिद्यालय छोड्नु पर्ने बाध्यता रहदै आएकाले छ, उनिहरुलाई उच्च शिक्षा हाशिल सम्म गर्नका लागि सहयोग होस भनेर शैक्षिक प्रमाण पत्र धितो राखेर कर्जा उपलब्ध गराउने भएको नगरपालिको जनाएको छ ।
आर्थिक बर्ष २०७९÷०८० को निति तथा कार्यक्रम अनुसार नगरपालिकामा शैक्षिक सुधारका निति तथा कार्यक्रम अघि सारेको हो । नगर भित्र रहेका प्राविधिक शिक्षालयहरुलाई खोज तथा अनुसन्धानमुलक सिकाई सीपको विकासका लागि विशिष्ट खालको खोज तथा अनुसान्धानमुलक शिक्षा प्रणाली लाई प्राथमिकता दिइने भएको छ ।
“समृद्ध बुढीगंगा नगरवासीको ईच्छा, सीपयुक्त जनशक्ति, रोजगारमुलक र प्रविधिमैत्री शिक्षा” लाइ मध्यनजर गर्दै प्रत्येक नागरिकलाइ आधारभूत शिक्षा अनिवार्य तथा निशुल्क र माध्यामिक शिक्षामा पहुँच सुनिश्चित गर्ने भएको छ । साथै कक्षा ११ र १२ अध्ययनका लागि विद्यालयले लिने शिक्षण शुल्क वापतको रकम छुट निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
शैक्षिक क्षेत्रको सुधारका लागि आवश्यक नीतिगत तथा कानुनी व्यवस्थाको प्रवन्ध गरिनेछ र विद्यालय शिक्षामा गुणस्तर सुधारका लागि नगरस्तरिय शिक्षा योजना निर्माण गरी कार्यान्वयन गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रत्येक विद्यालयमा विद्यालय सुधार योजना तथा अन्य शैक्षणिक योजनाहरु निर्माण गर्न लगाइ कार्यान्वयन पक्षलाइ प्रभावकारी वनाउन विद्यालय अनुगमन तथा सुपरीवेक्षणमा विशेष जोड दिइने जनाएको छ ।

विद्यार्थीको उच्चतम सिकाइ उपलव्धि हाँसिलका लागि विद्यालयमा आवश्यक शिक्षक दरवन्दिको व्यवस्थापन सहित मौजुदा शिक्षकहरुको क्षमता विकासका लागि विभिन्न तालिम लगायत अन्य कार्यक्रमहरु संचालन का साथै शिक्षामा सुचना प्रविधिको पहुँच सुनिश्चित गर्न विद्यालयमा इन्टरनेट सेवाको विस्तारका लागि योजना बनाई कार्यान्वयन गरिने नगरपालिकाले जनाएको छ ।
विद्यालयवाट एस ई ई उतिर्ण गर्ने मध्ये सवै क्षेत्रमा उच्च शिक्षा आर्जन गर्न चाहने एक एक जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई बुढीगंगा शैक्षिक छात्रवृत्ति प्रदान गरिनेछ ।जसको कोई छैन, उसका लागि स्थानीय सरकार भन्ने नारा सहित टुहुरा वालवालिकाको मा वि सम्मको सम्पुर्ण पढाई खर्च नगरपालीकावाट व्यहोर्नेगरी पुर्णतया निशुल्क गरिने उल्लेख गरिएको ।
नगरपालिकामा स्थानीय र मौलिक संस्कृती झल्किने गरि एउटा–एउटा सुन्दर पार्क निर्माण गर्नुका साथै स्विमिङ पुल, बाल उद्यान, फन पार्कहरुको योजना बनाई कार्यान्वयन गर्ने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
गरिव, दलित तथा पछाडी पारिएका वर्गका अनाथ तथा असाहाय बालबालिकाका लागि अनाथालय संचालन गरी पठन पाठनको व्यवस्था मिलाईने जनाएको छ । असाहाय बृद्धहरुका लागि बृद्धाश्रम, घरेलु हिंसाबाट पीडित महिलाका लागि सेफ हाउस संचालनको व्यवस्था गरिनेछ । अपाँगता भएका व्यक्ति तथा एकल महिलाहरुका लागि सीपमुलक तालिमको व्यवस्था गरिने नगरपालिकाले जनाएको छ ।
भ्रष्टाचार र अनियमितता , शुन्य सहनशिलता भन्ने नारालाई आत्मसाथ गर्दै प्रत्येक तिन महिनामा स्थानिय तहले गरेका असल कार्यको सार्वजनिक समिक्षा गर्ने व्यवस्था गरिने जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार