शुक्रबार, साउन ११, २०८१
  • होमपेज
  • क्रिकेट
  • सन्दीपले ‘द सिक्स्टी’ क्रिकेट खेल्ने

सन्दीपले ‘द सिक्स्टी’ क्रिकेट खेल्ने

  • शुक्रबार, साउन १३, २०७९
सन्दीपले ‘द सिक्स्टी’ क्रिकेट खेल्ने

काठमाडौं — नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले जमैका तलाबाजबाट ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्। वेस्ट इन्डिज क्रिकेटले आयोजना गर्ने नयाँ प्रतियोगिताका लागि जमैकाले लेग स्पिनर सन्दीपलाई टोलीमा समावेश गरेको छ।

३० बलको एक इनिङ रहने यो प्रतियोगिता ६० बल र ६ विकेटको हुनेछ। प्रतियोगिता अगस्ट २४ देखि २८ सम्म सञ्चालन हुनेछ। जमैकाले सन्दीपलाई क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० लिगका लागि अनुबन्ध गरेको थियो। अगस्ट ३० देखि सुरु हुने दशौँ संस्करणको यो प्रतियोगिता आउँदो सेप्टेम्बर ३० सम्म चल्नेछ।

चर्चामा

सम्बन्धित समाचार