शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • ‘भारतलाई बिजुली बेचेर प्राधिकरणले दुई महिनामा साढे तीन अर्ब कमायो’

‘भारतलाई बिजुली बेचेर प्राधिकरणले दुई महिनामा साढे तीन अर्ब कमायो’

  • शुक्रबार, साउन १३, २०७९
‘भारतलाई बिजुली बेचेर प्राधिकरणले दुई महिनामा साढे तीन अर्ब कमायो’

धनगढी — नेपालले दुई महिनाबीच भारतलाई बिजुली निर्यात गरेबापत साढे तीन अर्ब रुपैयाँ आर्जन गरेको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार ट्विटरमार्फत यो जानकारी दिएका हुन्। नेपालले १९ जेठदेखि भारतमा प्रतिस्पर्धी दरमा विद्युत् निर्यात सुरु गरेको थियो।

घिसिङले लेखेका छन्, ‘नेपाल विद्युत् प्राधिकरणले दुई महिनाको बीचमा सबै खर्च कटाएर भारतमा निर्यात गरेको विद्युतबाट साढे तीन अर्बभन्दा बढी रुपैयाँ कमाएको छ।’

चर्चामा

सम्बन्धित समाचार