• होमपेज
  • बडिमालिका
  • पैसा नहुदा बाजुराका बलको अप्रेसन रोकियो, जिवन मरणको दोसाधमा

पैसा नहुदा बाजुराका बलको अप्रेसन रोकियो, जिवन मरणको दोसाधमा

  • बुधबार, साउन ११, २०७९
पैसा नहुदा बाजुराका बलको अप्रेसन रोकियो, जिवन मरणको दोसाधमा

बाजुरा — बडिमालिका नगरपालिका १ बस्ने ५१ बर्षिय बल लुवार जिवनमरणको दोसाधमा रहेका छन् । पैसा नहुदा अहिले उनी ७ दिन देखी भेरी अस्पताल नेपालगञ्जको बेडमा उपचार अभाबमा भौतारिरहेका छन् ।
बल एक हप्ता देखी भेरी अस्पतालमा छन् । उनको मुटुको अप्रेसन गर्नुपर्ने रहेको छ, अस्पतालले पैसा जम्मा गर्न भनेको भएपनि पैसा नहुदा बलको अप्रेसन रोकिएको स्थानिय आशिष चदाराले वताएका छन् । अस्पताल बाजुराले डेढ साता पहिला नेपालगञ्ज रिफर गरेको थियो ।
उनको अप्रेसनमा न्युनतम ७० हजार आबश्यक रहेको तत्काल ४५ हजार जम्मा गर्न अस्पतालले वताएको छ । पैसा अभाबमा उपचार रोकिएपछि बल लुवारकि श्रीमति भिडि लुवार सदरमुकाम मार्तडीमा सहयोगका लागि याचना गरिरहेकि छन् । सहयोगका लागि सदरमुकाम मार्तडीमा भौतारिरहेकि भएपनि कतैबाट सहयोग नपाएको उनले वताईन् ।
बडिमालिका नगरपालिका देखि बिभिन्न निकायमा आर्थिक सहयोगका लागि भिडि धाइरहेपनि पनि कतै बाट सहयोग जुटेको छैन् । रिन काढेर नेपालगञ्ज सम्म पुयायौ, अस्पताल पुयाएको ७ दिन भइसकेको छ, अब पैसा नपाएर श्रीमानको मृत्यु हुने भएको रुदै भिडि चदाराले वताईन् । गाउँमा रहेको सहकारी बाट रिन काढेर नेपालगञ्ज सम्म मात्र पुयाउनका लागि मात्र भएको उनले वताईन् ।
बल बहादुर लुवार क वर्गको गरिब परिवारमा पर्ने गरेका छन् । ५ जनाको परिवार ज्याल मजदुरी गरेर बलले परिवार पाल्ने गरेका थिए । दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्ने गरेका थिए । श्रीमाननै बिरामी भएपछि दैनिक खाद्यन्नको जोहो गर्नमा पनि समस्या भएको भिडिले वताईन् । नगरपालिकाले आश मात्र देखाएको तर उपचार आर्थिक कुनै सहयोग नभएको परिवारले वताएका छन ।
भिडी श्रीमानको उपचार सहयोगका लागि आफन्त समेत सबैलाइ गुहार मागिरहेकी छन् । आफन्तहरु पनि आर्थिकमा निकै कमजोर भएकाले सहयोगमा समस्या भएको गाउँलले वताएका छन् । बलको परिवारमा लगाएको खेतिबालि बाट एक महिना पनि खाद्यन्नको जोहो नहुने गरेको गाउँलले वताएका छन् । उनको सम्पत्तिको नाममा खरले छाएको घर मात्र रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार