शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बुढीगंगा
  • टाटे स्वास्थ्य चाैकीमा आँखा उपचार केन्द्र स्थपना

टाटे स्वास्थ्य चाैकीमा आँखा उपचार केन्द्र स्थपना

  • बुधबार, साउन ११, २०७९
टाटे स्वास्थ्य चाैकीमा आँखा उपचार केन्द्र स्थपना

बाजुरा —बुढीगंगा नगरपालिकाे टाटे स्वास्थ्य चाैकीमा आँखा उपचार केन्द्र स्थपना गरिएकाे छ । नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पतालकाे ब्यबस्थापन तथा बुढीगंगा नगरपालिकाकाे सहयाेगमा आँखा उपचार केन्द्रको स्थापना गरिएको हो ।
केन्द्रको बुधबार एक कार्यक्रम बीच बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाले उद्घाटन गरेका छन् । नगर प्रमुख रामबहादुर बानियाले राम्रा कामकाे लागि अनुमति लिनु नपर्ने बताए विधि पद्वतिलाई टेकेर काम गर्न कर्मचारिहरूलाई बताए । स्वास्थ्य शिक्षा महत्वपुर्ण भएकाेले नगरपालिकाकाे पुर्ण सहयाेग हुने बताए । नगरप्रमुख बानियाले आँखा उपचार केन्द्र स्थापनाले बुढीगंगा नगरपालिका, खप्तड छेडेदह गाउपालिका र त्रिबेणी नगरपालिका नागरिक तथा आखाका बिरामी लाभान्वित हुने विश्वास व्यक्त गरेका छन् । बानियाले टाटे स्वास्थ्य चाैकीमा स्थापना गरिएको आँखा उपचार केन्द्रलाई जिल्लाकै नमूना आँखा उपचार केन्द्र बनाउन नगरपालिकाले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सेवा नेपालका प्रसाद कडेलले आँखा उपचार केन्द्र स्थापना पछि उपचार केन्द्रले दिने सेवाकाे बारेमा ग्रामिण क्षेत्रका नागरिकलाई प्रचार प्रशारकाे नगरपालिकाका राजनैतिक दलकाे अहम भुमिका हुने हुदा सहयाेग गरिदिन बताए । साथै स्वयम् सेविकाकाे पनि त्यतिकै भुमिका हुने भएकाेले उहाहरूलाई पनि टाटेमा आँखा उपचार केन्द्रकाे बारेमा जानकारी गराउने बताए ।
गेटा आँखा अस्पतालका डाईरेक्टर डाक्टर सुरेशराज पन्तले टाटे स्वास्थ्य चाैकी र गेटा आँखा अस्पतालले बिगतका बर्षहरूमा पटक पटम स्थापनाकाे लागि छलफल भएकाे थियाे याे पटक स्थापना गर्न पाउँदा खुशी भएकाे बताए । उनले भने स्थापना गेटा आँखा अस्पतालले गरेकाे भए पनि संरक्षण नगरपालिकाकाे भएकाे बताए ।
टेलि अफ्ला टेक्नाेलाेजि सहितकाे मेसिन जडान गरिएकाे अध्याधुनिक प्रबिधि सहितकाे मेसिन जडित कुराले गेटाबाट पनि यताकाे रिपाेर्ट हर्न मिल्ने भएकाेले सहज र सुलब सेवा
अस्पताल व्यवस्थापन समितिका अध्यक्षतथा बुढीगंगा नगरपालिका ५ का वडा अध्यक्ष चक्र थापाकाे अध्यक्षता संचालन भएकाे कार्यक्रमकाे प्रमुख अथिति नगरप्रमुख रामबहादुर बानिया, विशिष्ट अतिथि नगर उपप्रमुख माया खड्का कुवर सम्पुर्ण वडाका वडा अध्यक्ष राजनैतिक दलका प्रमुख प्रतिनिध लगाएन स्वास्थ्यकर्मीहरूकाे उपस्थिति रहेकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार