• होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • यी हुन् विश्वका सर्वोत्कृष्ट ५० रेस्टुरेन्ट

यी हुन् विश्वका सर्वोत्कृष्ट ५० रेस्टुरेन्ट

  • मङ्लबार, साउन १०, २०७९
यी हुन् विश्वका सर्वोत्कृष्ट ५० रेस्टुरेन्ट

काठमाडौं —  फोर्ब्स म्यागेजिनले विश्वका ५० उत्कृष्ट रेस्टुरेन्टको नाम प्रकाशन गरेको छ । विश्वभरका उत्कृष्ट ५० रेस्टुरेन्टको पहिलो नम्बरमा डेनमार्कको जेरेनियम रहेको छ । फोर्ब्सका अनुसार जेरेनियमलाई शीर्ष भोजन प्रतिष्ठानको ताज दिइएको छ ।

सेन्ट्रल इन लिमा, पेरुमा रहेको पहिलो साउथ अमेरिकन रेस्टुरेन्ट दोस्रो स्थानमा परेको छ भने बार्सिलोनाको डिसफ्रुस्टार तेस्रो नम्बरमा रहेको छ ।

राजधानी लिमामा रहेका अन्य दुई पेरुभियन रेस्टुरेन्ट सूचीमा समावेश भएका छन् । माइदोमा पेरुभियन र सांस्कृतिक सम्पदाका साथै चर्चित सेफ मित्सुहारु मिचात्सुमुराको हातको ह्यासट्याग ११ परिकार खान सकिन्छ । र, अर्को मायता रहेको छ । मायताको अर्थ आयमारा भाषामा नोबेल हुन्छ । यो सूचीको ३२औं नम्बरमा छ ।

यहाँ सेफ जइमी पेसाक्युको हातबाट पेरुभियन १२ प्रकारका स्वादिष्ट परिकार खान सकिन्छ । यहाँको खान्की तथा परिकारले विश्वभरका ग्राहकलाई लालयित बनाउने गरेको छ ।

सूचीको पहिलो स्थानमा परेको कोपेनहेगनस्थित जेरेनियम रेस्टुरेन्ट
अर्जेन्टिनामा रहेको ब्युनसआयर्सको डनजुलियो सूचीको १४ नम्बरमा रहेको छ भने चिलीको सान्टियागोमा रहेको बोरागो रेस्टुरेन्ट ४३ औं नम्बरमा परेको छ ।

विश्वभरका प्रसिद्ध तथा उत्कृष्ट रेस्टुरेन्टको सूची २०२२ मा शीर्ष पुरस्कार पाउने १९ मध्ये १६ वटा रेस्टुरेन्ट युरोपका मात्रै छन् । अन्य बाँकी तीन रेस्टुरेन्ट संयुक्त राज्य अमेरिकाका रहेका छन् ।

‘यो डेनिसहरूका लागि विजयको वर्ष हो । जहाँ जेरेनियमले विश्वको उत्कृष्ट रेस्टुरेन्टको ताज प्राप्त गरेको छ भने दुई नयाँ डेनिस रेस्टुरेन्ट विश्वका उत्कृष्ट ५० मा परेका छन्,’ त्यहाँको संघको घोषणा गरेको छ ।

डेनमार्कको राष्ट्रिय फुटबल स्टेडियमको पार्किङ भवनको आठौं तलामा रहेको फेलेडपार्किन (सामान्य बगैंचा)मा मनोरम दृश्यसहित मौसमी स्क्यान्डिखानामा यो सूची आउनुभन्दा पहिले नोमा रेस्टुरेन्ट दोस्रो स्थानमा थियो । तर पहिले उत्कृष्ट ठहरिएका रेस्टुरेन्ट अहिले उत्कृष्टमा नपर्न सक्छन् । कारण उत्कृष्टताका लागि संगठनले केही नियम र प्रावधान राखेको छ ।

विश्वको उत्कृष्ट कहलिएको रेस्टुरेन्ट जेरेनियममा ‘दी समर युनिभर्स’मा प्रतिव्यक्ति ४४० डलर पर्न जान्छ । जुन तीन घण्टाका लागि मानिन्छ । जेरेनियममा मदिराका साथै मदिरारहित पनि जमघट हुन्छ । तरकारी र समुद्री खानामा ध्यान केन्द्रित गर्न जेरेनियमले सन् २०२२ देखि आफ्नो मेनुबाट मासुका परिकार हटाएको छ ।

जेरेनियम डेनमार्कको थ्री स्टार प्राप्त गर्ने पहिलो रेस्टुरेन्ट हो । यहाँका प्रमुख सेफ तथा लगानीकर्ता रासमुस कोफोएडले विश्वव्यापी कुकिङ बोकस डिओरमा स्वर्ण पदकका साथै कास्य र रजत पदक जितेका छन् ।

विश्वको नम्बर वान रेस्टुरेन्ट जेरेनियम सन् २००७ मा स्थापना भएको थियो । स्थापना भएको दुुई वर्षपछि ठाउँ सार्ने भन्दै सन् २००९ मा बन्द भएको थियो । ‘सबै परिस्थिति हाम्रो विरुद्धमा थिए,’ अमेरिकी अभिनेता स्टेनली टुचेले लण्डनमा आयोजना गरेको समारोहमा सेफ कोफेडले भनेका छन् ।

सूचीको दोस्रो स्थानमा परेको पेरुको लिमास्थित सेन्ट्रल रेस्टुरेन्ट
समारोह रूसको राजधानी मस्कोमा हुने भए पनि रूस युक्रेन युद्धका कारण बेलायतमा सारिएको थियो ।

‘मेनु मेरो प्रतिबिम्ब हो । म को हुँ र कसरी एक सेफ भएँ ? मैले मासु नखाएको पाँच वर्ष भइसक्यो । नयाँ मेनुमा मासुका परिकार नराख्ने निर्णय तार्किक लागेर हटाएको हुँ । यो जेरेनियमका लागि प्राकृतिक प्रगति हो,’ कोफेडले भनेका छन् ।

डेनमार्क विश्वको ‘पाक राजधानी’

जेरेनियमका साथै अन्य दुई रेस्टुरेन्ट विश्वका ५० उत्कृष्ट रेस्टुरेन्टको सूचीमा समावेश हुनु डेनिसहरूका लागि गर्वको कुरा भएको छ । विश्वको नम्बर एक सहित अन्य दुई रेस्टुरेन्ट समेत डेनमार्कमा भएकाले यसले राजधानी कोपनहेगनको प्रतिष्ठा बढाएको छ । डेनमार्र्क विश्वभरका राजधानीमा पाक राजधानीका नामले चिनिएको छ ।

सूचीको अठारौं स्थानमा रहेको अल्केमिस्ट रेस्टुरेन्ट टु स्टार प्राप्त हो । यो समग्र परिकारका लागि प्रख्यात छ । रेस्टुरेन्टका सेफ रासमुस मुङकले पाककलाका साथै लाइट, थिएटर, साउन्ड सिस्टमले रेस्टुरेन्टलाई थप आकर्षित बनाएका छन् । यहाँ ४ देखि ६ घण्टा बिताएको ६०० डलर लागत लाग्छ ।

अल्केमिस्ट पूर्व वेल्डिङ घरको कोपनहेगनको छेउमा रहेको छ । यसलाई नोमाको घर पनि भनिन्छ ।

डेनमार्ककै अर्को रेस्टुरेन्ट जोरदानेर पनि विश्वको उत्कृष्ट ५० रेस्टुरेन्टमा समावेश भएको छ । जोरदानेरको अर्थ ‘डाउन टु अर्थ’ हुन्छ । यो ३८ नम्बरमा परेको छ । यहाँ १७ परिकारको लागत ४३६ डलर लाग्छ ।

यी हुन् विश्वका उत्कृष्ट ५० रेस्टुरेन्ट

१. जेरेनियम : कोपनहेगन

२. सेन्ट्रल : लिमा

३. डिस्फ्रुस्टार : बार्सिलोना

४. डिभरेक्सो : म्याड्रिड

५. पुजोल : मेक्सिको

६. आशदोर एतजेवरी : स्पेन

७. अ कासा दो पोर्को : ब्राजिल

८. लिदो ८४ : इटाली

९. क्विनटोनिल : मेक्सिको

१०. लिक्यालेन्डरे : इटाली

११. माइदो : लिमा

१२. उलासी : इटाली

१३. स्टेइरेरिक : भियना, अस्ट्रिया

१४. डनजुलियो : अर्जेन्टिना

१५. रियले : इटाली

१६. एल्कानोः स्पेन

१७. नोबेल हार्ट एण्ड स्केमुजिङ : बर्लिन

१८. अल्केमिस्ट : डेनमार्क

१९. पिजादुओमो : इटाली

२०. देन : जापान

२१. मुगारित्ज : स्पेन

२२. सेप्टाइम : पेरिस

२३. दिजाने : बेल्जियम

२४. दी चेयरम्यान : हङकङ

२५. फ्रान्तजेन : स्टकहोम

२६. रेस्टुरेन्ट तिम राउए : बर्लिन

२७. होफभनक्लिभ : बेल्जियम

२८. लिक्लेरेन्स : पेरिस

२९. हुबरटस : इटाली

३०. प्लोरिलेज : जापान

३१. अरपेगे : पेरिस

३२. म्याता : जापान

३३. अटोमिक्स : न्युयोर्क

३४. हिसाफ्रान्को : सोल्भेनिया

३५. क्लोभक्लब : बेलायत

३६. ओदेते : सिंगापुर

३७. फ्यान : अफ्रिका

३८. जोरदानेर : डेनमार्क

३९. सोर्न : बैंकक

४०. स्कोलोस स्काउएनतेन : स्वीट्जरल्याण्ड

४१. लाकाइम : जापान

४२. क्युइक्युउडाकोस्टा : स्पेन

४३. बोरागो : चिली

४४. ले बेर्नारदिन : न्युयोर्क

४५. नारिसवा : टोकियो, जापान

४६. बेल्कान्तो : लिस्वन

४७. ओतेक्युउ : नर्वे

४८. लिओ : बोगाटो

४९. इक्योइ : बेलायत

५०. सिङ्गल थ्रेड : अस्ट्रिया

चर्चामा

सम्बन्धित समाचार