आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • आफ्नो घरमा आगो लगायर छिमेकी तताउँनेहरू!

आफ्नो घरमा आगो लगायर छिमेकी तताउँनेहरू!

  • मङ्लबार, साउन १०, २०७९
आफ्नो घरमा आगो लगायर छिमेकी तताउँनेहरू!

सुरेशकुमार पान्डे — राजनीतिक पार्टीको बिष्लेषण गर्दा गुण र दोशको आधारमा गर्दा राम्रो हुन्छ।पार्टी संगठनले गलती पनि गर्न सक्छ राम्रो काम पनि गर्छ त्यही आधारमा गरिने ठोंश मुल्यांकन ले सामुन्यवाला मुल्यांकन कर्ताको इमेज बढ्ने घट्ने हुन्छ।यदी हामिले आकास तिर थुक्यौं भने त्यो थुक आकासमा पुग्दैन बरू आफ्नै मुखमा खस्छ।
जस्ले बिरोध गर्ने नियतले उसलाई मुल्यांकन गर्छ त्यसले राजनीति गर्न जान्दैन भन्ने कुरा प्रष्ट हुन्छ।एउटा देशभक्तले देशको अबस्थामा परिवर्तन कसरि आउला भनेर चिन्तित हुन्छ भने उस्का बिरोधीहरू यसले कहिले गलती गर्ला भनेर दुखी हुन्छन उनिहरूको राष्ट्रियता र गणतन्त्र वा जनजिविका सँग कुनैपनि सरोकार हुंदैन मात्र फलानो पार्टीको वा त्यसका कुनै नेताको गलती खोज्नमा समय खर्चेका हुन्छन।त्यही प्रकृयाले बिगतमा कयौंको अफ्शान र पतन भएकोहो।
एउटा मार्क्सवादी लेनिनवादी पार्टीले कसरी हामिले बहुसंख्याक जनताको भलो गर्न सक्छौं भनेर चिन्ता गर्छ उस्तै देशभक्तले देशलाई कसरी जोगाउँने भनेर चिन्ता गर्छन।
प्रत्येक प्राणिको आ आफ्नै अस्तित्व हुन्छ भनेको जस्तै राजनीतिक पार्टीहरूको पनि आ आफ्नै अस्तित्वछ।मार्क्सवादले यो जिवन र जगतको अध्यायन हामिलाई भौतिक सिधान्त बाट गर्न सिकाउँछ।त्यही भौतिक वादी दृष्टीकोण बाट हामिले पार्टी संगठनको काम गराई वा उस्ले दिएको बिचार र ब्यबहारलाई तजुर्मा गरेर निफन्ने बानी बसाल्नुपर्छ,मात्र आफ्नो रिस कुण्डा र आबेगका मातमा अनाप सनाप बोल्ने बानी आफ्नै दुश्मनहो भनेर बुझ्नु पर्छ।
हाम्रो देशमा राष्ट्रघाती कृयाकलाप पहिलैई देखून हुंदै आएकोछ तर बहुदल आएपछि भने खुल्लम खुल्ला राष्ट्रघात हुंदै आएकोछ।हामिले बहुदलिय ब्यबस्था आएपछी कस्ले कति राष्ट्रघात गय्रो र कस्ले त्यसको लगातार बिरोध गर्दै आएकोछ भनेर लेखा जोखा पनि गरौं यदी जस्ले राष्ट्रघातको लगातार अथक सम्झौताहिन संघर्ष गर्दै आएकोछ उसैको हामिले बिरोध गर्न थाल्यौं भने हामी कां पुग्छौँ?कम्तीमा गठबन्धन भित्रैका दलहरूले देशको मुद्धालाई लिएर कस्को के भुमिका रह्यो त्यतातीर पनि ध्यान पुराउँन पर्दैन र मात्र बिरोधका लागी बिरोध कैहिले सम्म?हाम्रो ब्यबहारले कसलाई फाईदा पुरायो प्रष्टैछ।
गठबन्धन मध्यका पार्टीहरूले एम सीसी पारित गर्दा कस्को कुन भुमिका थियो?नागरिकता बिधेयक पारित गर्दा कस्को कुन भूमिका रह्यो त्यता हाम्रो ध्यायन गएन भने हामिले कस्को लागी राजनीति गरेकाछौं त्यो कुरा प्रष्ट हुन्छ।अहिले जुन पार्टीले राष्ट्रियता गणतन्त्र र जनजिविकाको लागी लगातार अथक शंघर्ष गर्दै आएकोछ त्यसैलाई चोट पुराउँने हिसावले बिरोध गरिएकोछ।बरू राजमोले गरेको राम्रो कामलाई त ठिक भनेर समर्थन दिनुपय्रो।बिगतमा टनकपुर,विप्पा,संघियता,एमसीसी,हाल नागरिकता बिधेयकमा राजमोको भुमिका के रहेकोछ त्यसबारेमा अध्यायन गर्दा छर्लङ्गै हुनेछ।कुन पार्टी कांहाछ भन्दा पनि कुनपार्टीले के भुमिका निर्वहा गरेकोछ त्यता तिर पनि बिरोधीहरूको ध्याय जावस्।
पार्टीका कयौं तपाईहरूका चित्त नबुझ्ने ब्यबहार पनि होलान तर राजनीति गर्नुस दोश र गुणको आधारमा बिरोध र समर्थन गर्नुस त्यो राजनीति दुरदर्शियताहो।अहिले कतिपय असन्तुष्क साथिहरूले आफ्नो घरमा आगो लगाएर छिमेकीलाई तापकर्ण पुराई रहनु भएकोछ।यसबाट स्वायम तपाईहरूको राजनीति केटौलेपनको पुष्टी हुन्छ।हाम्रो छिमेकी मूलुकमा बिलय भएको सिक्किमलाई पछि फर्केर नियाल्नुस त के देख्नु हुन्छ?
कम्तिमा सिक्किमको सदनले सिक्किम भारतमा बिलय गराउँने वेला एकजनाले त्यो सदनलाई हल्लाएका थिए त्यो ब्याक्तीलाई पनि लण्डुपको दर्जामा पुराउन खोज्नु ठिकहोला?राजनीति पाटो आ आफ्नै प्रकारका हुन्छन कसैको बिचारले कस्लाई फाइदा पुराएकोछ त्यही मुल्यांकन ले राजनीतिको भबिस्य निर्धारित गर्छ।राष्ट्रियजनमोर्चाले नागरिकता बिधेयको सुरू देखून बिरोध गर्दै आएकोछ।अहिले त्यो नागरिकता बिधेयक पारित भएपछि पनि त्यसको चौतर्फिए बिरोध सुरू भएकोछ र त्यो खारेज हुंदैन भने देश नै खारिज हुने सम्भावना पक्का पक्कि भएको वेला राजमोको बिरोधमा साथ दिएर त्यो राष्ट्रघाती नागरिकता बिधेयकलाई खारिज गर्न मद्त गर्नुको साटो त्यसको बिरोधमा उठेका आवाजहरूलाई गालि गर्ने प्रयात्न गरिन्छ भने कस्तो राजनीति गर्नु भएकोछ?बिरोधको लागि बिरोध गरेर आफ्नो कुण्डाको भोक मेट्नेकाम मात्र भएको देखिन्छ।
साथिहरूले गुण र दोशको सिधान्तलाई नबुझ्नुनै सबैभन्दा मुख्य उंहाहरूमा रहेको कमजोर पक्षहो।मात्र गालिगलौच गरेर राजनीति भोक मेट्नेहरूले देश र जनताको हितमा सिंन्को भांच्न सक्दैनन्।

चर्चामा

सम्बन्धित समाचार