सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • वडाको विकासमा यतोरात्र खट्ने वडाअध्यक्ष धामीको प्रतिबद्धता

वडाको विकासमा यतोरात्र खट्ने वडाअध्यक्ष धामीको प्रतिबद्धता

  • मङ्लबार, साउन १०, २०७९
वडाको विकासमा यतोरात्र खट्ने वडाअध्यक्ष धामीको प्रतिबद्धता

टेक बहादुर बुढा /बाजुरा —  जिल्लाको खप्तड छेडेदह गाउपालिका वडा नं ४को विकास मा सधै लागि पर्ने वडा अध्यक्ष दल बहादुर धामीले बताउनुभएको छ ।

पत्रकारसँगको कुराकानीमा अध्यक्ष धामीले भने वडा को विकास दिगो र प्रभावकारी हुने बताए । यस वडामा सधै अनियमितता हुने गरेको स्थानीय को गुनासो रहेको छ । तर आफ्नो कार्यकाल मा कुनै पनि काम मा अनियमितता नहुने र यस वडामा सबैलाई समावेशीताका आधारमा हेरिने बता अध्यक्ष धामीले बताए ।  यदि कुनै व्यक्ति ले कुनै काममा अनियमितता गरेको पाइएमाकानुनी दाएरामा ल्याउन सक्ने बताए ।

आफ्नो कार्यकाल अवधि मा जनताका आधारभूत आवश्यकता परिपुर्ति गर्न तर्फ ध्यान दिन्छु अध्यक्ष धामीले भने। समाजमा हुने प्राकृतिक तथा मानवीय प्रकोप लाई न्युनीकरण गर्नका लागि विभिन्न योजना बनाउने बताएका छन् ।
यस वडाको सामाजिक ,आर्थिक तथा शैक्षिक लगायत विभिन्न छेत्रको विकासमाजोड दिईने बताएका छन् ।

गुदुगाड खोलाको झुलङगे पुल निर्माण का लागी गाउपालिका र अन्य वडा संग समन्वय भईरहेको र आफ्नो वडाका प्रत्येक घर दुरीमा खानेपानी को धारा पुर्याईने बताएका छन् । यस वडामा रहेका कुनै पनि बिध्यालय मा खानेपानी को समस्या नभएको अध्यक्ष धामीकाे भनाइ छ ।  विगतका दिनमा विभिन्न योजना को रकम फिरिज गएकाले आफ्नो कार्यकाल मा त्यस्तो हुने नदिने र जनता मेरा हुन म जन्ताको साझा प्रतिनिधी भएकाले सबैलाई समावेशीता गर्छु भन्ने अध्यक्ष धामीकाे प्रतिबद्धता रहेकाे छ।  कुनै पनि बिषयमा पार्टी गत रुपमा हेर्ने भाबना आफुमा नभएको उनले बताए ।
समाजको विकास र परिवर्तन का लागि सबैले एक जुट भएर लाग्नुपर्ने छ , त्यसैले आफ्नो कार्यकाल मा सबैलाई निश्पक्ष रुपमा हरेक काममा सधै लागि पर्ने अध्यक्ष धामीले प्रतिबद्धता जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार