बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • खाना
  • जंगली च्याउ खाएपछि एकै परिवारका ५ जना बिरामी

जंगली च्याउ खाएपछि एकै परिवारका ५ जना बिरामी

  • सोमवार, साउन ९, २०७९
जंगली च्याउ खाएपछि एकै परिवारका ५ जना बिरामी

धनगढी — जुम्लामा जंगली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी परेका छन्। तिला गाउँपालिका–४ नुवाकोट गाउँका विष्णु हमालको परिवारका पाँच जना बिरामी भएका हुन्।

बिरामी पर्नेमा विष्णु हमाल, उनकी पत्नी सम्झना हमाल, छोरीहरू सविना हमाल र सम्झौता हमालका साथै घरमा कामको सिलसिलामा बस्दै आएका चन्दननाथ नगरपालिका–९ रोकायाबाडाका डेकेन्द्र रोकाया रहेका छन्। उनीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हमाल परिवारले आइतबार साँझ जंगलबाट ल्याएको च्याउको तरकारी पकाएर खाएका थिए।

चर्चामा

सम्बन्धित समाचार