बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • समाचार
  • सरकारी कार्यालयका कर्मचारी मुस्कुराउनै पर्ने, नत्र जरिवाना हुने

सरकारी कार्यालयका कर्मचारी मुस्कुराउनै पर्ने, नत्र जरिवाना हुने

  • शुक्रबार, साउन ६, २०७९
सरकारी कार्यालयका कर्मचारी मुस्कुराउनै पर्ने, नत्र जरिवाना हुने

काठमाडौं — हामीकहाँ सरकारी कार्यालयहरुमा मुस्कान सहितको सेवा भन्ने नीति नै छ । सरकारको यस्तो नीति भएपनि कर्मचारीहरुबाट त्यो बमोजिमको सेवा जनताले पाउन नसकिरहेको गुनासो आउने गर्दछ ।

नेपालमा सरकारी कर्मचारीले कार्यालयमा सेवाग्राहीसँग राम्रो व्यवहार गर्नुपर्ने तथा मिजास र मुस्कान सहित सेवा प्रवाह गर्नुपर्ने भनिए तापनि बाध्यता छैन । तर फिलिपिन्समा भने सरकारी कर्मचारीहरु कार्यालयमा मुस्कुराउनै पर्ने भएको छ । कार्यस्थलमा मुस्कान नछर्ने सरकारी कर्मचारीमाथि जरिवाना हुने भएको छ ।

हो, फिलिपिन्सको एक सहरका मेयरले मुस्कान नीति लागू गरेका छन् । जस अनुसार सहरका हरेक सरकारी कार्यालयमा कर्मचारीहरुले मुस्कान सहितको सेवा प्रदान गर्नुपर्नेछ । सरकारी कर्मचारीहरुले जनतासँग राम्रो व्यवहार नगर्ने र गजक्क पर्ने गरेको भन्दै गुनासो आएपछि ती मेयरले यस्तो नियम लागू गरेका हुन् । यो नीतिले सरकारी कर्मचारीप्रति जनताको सोचमा परिवर्तन आउने र कर्मचारीहरुले पनि सेवाग्राहीप्रति उचित व्यवहार गर्ने अपेक्षा गरिएको छ ।

फिलिपिन्सको लुजन द्वीपस्थित क्युजन प्रान्तमा पर्ने मुलाने सहरका मेयर एरिस्टोटल अगुरीले सहरका सरकारी कार्यालयहरुमा ‘स्माइल पोलिसी’ लागू गरेका हुन् ।

यही महिना मेयरको कार्यभार सम्हालेका अगुरीले स्थानीय सरकारका सेवाहरुमा सुधार गर्ने प्रयासमा मुस्कानको नीति अख्तियार गरेका हुन् ।

नयाँ नियम अनुसार कार्यालयमा नमुस्कुराउने कर्मचारीहरुको तलबबाट रकम कट्टी गरिनेछ । नियम पालना नगर्ने कर्मचारीहरुको अधिकतम ६ महिनाको तलब काटिने वा जागिरबाटै निलम्बन गरिनेछ । –एजेन्सी

चर्चामा

सम्बन्धित समाचार