• होमपेज
  • समाज
  • मुटुको उपचार गर्न नसकेकी मिनाको उपचार पछि सञ्चो भएर घर फिर्ता

मुटुको उपचार गर्न नसकेकी मिनाको उपचार पछि सञ्चो भएर घर फिर्ता

  • शुक्रबार, साउन ६, २०७९
मुटुको उपचार गर्न नसकेकी मिनाको उपचार पछि सञ्चो भएर घर फिर्ता

बाजुरा–बाजुराको जगन्नाथ गाउँपालिका ४ थारिकाडा बस्ने २२ बर्षिय मिना खत्रीको काठमाडौमा उपचार पछि सञ्चो भएको छ । मिना खत्रिले आर्थिक अभाबमा २ बर्ष पहिला देखी मुटुको रोग पालिरहेकि थिइन् ।
बडिमालिका खबर दि हिमालयन टाईम्स आर्थिक अभाबमा दुइ बर्ष देखी मुटुको रोग पालिरहेको समचार प्रकाशित पछि बाजुरा बाट उद्धार गरेर काठमाडौमा उपचार भएको थियो । मिनाको ५ महिना काठमाडौमा उपचार पछि सञ्चो भएर घर फिर्ता भएकि छन् । काठमाडौमा रहेको मेडिकल पुनस्र्थापना संस्था काठमाडौ (Medical Rehabilitation Organization) / Roads to Rehab Nepal, Australia ले मिनाको उपचारमा समन्वय तथा सहयोग गरेको थियो ।
२२ बर्षको उमेरमा पैसा नभएर अलपत्र परेको समचार आएपछि उनको मुटुको उपचारमा सहयोग गरेर घर पठाएको संस्थाका अध्यक्ष सम्राट सिं बस्नेतले वताएका छन् । अलअपत्र मिनालाई काठमाडौ ल्याएर उपचार गरेर सञ्चो भएर घर पठाएको बस्नेतले वताए । मिनाको उपचार अस्पताल बाजुराका स्वास्थ्यकर्मी, मालिका माबिका शिक्षक बिद्यार्थी लगायतले आर्थिक सहयोग गरेका थिए ।
मिनाको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर काठमाडौमा उपचार भएको थियो । मिनालाई २ बर्ष पहिला गंगालाल हृदय निवारण केन्द्रले मुटुको अप्रेशन गर्नुपर्ने बताएको भएपनि पैसा नहुदा मिना मृत्यु कुरिरहेकी थिइन् । समाचार आएपछि काठमाडौमा संस्थाले सहयोग गर्दा अहिले उपचार भएको मिनाकी आमा तारा खत्रिले वताईन् । छोरीको उपचारका लागि दुइबर्ष देखी हारगुहार गरेको थिए, बल्ल भगवान फेला परेर उपचार भएको वताईन् ।
अस्पताले अप्रेसन नगर्दा सम्मका लागि खाने औषधि दिएको भएपनि पैसा नहुदा खाने औषधि छुटेको एक बर्ष भइसकेको मिनाले वताएकि थिइन् । मिना सँग ३ बर्षकी छोरी छ, पोइलि घरकाले बिरामी पछि व्यवास्ता गरेपछि आमा तारा खत्री सँग सदरमुकाम मार्तडीमा बसिरहेकी थिइन् ।
४ बर्ष पहिले बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको ३ जुकोटमा बिहे गरेकि थिईन् । बिरामी नहुदा सम्म पोईलीघरमा राम्रो सम्बन्ध थियो, बिरामी भएपछि वास्ता गर्न छोडेको थियो । नागरिकता समेत पोइली घर बाट नबनाई दिएपछि केही महिना पहिला माइती घर बाट बनाएकि थिईन् ।
मिनाका बुवा अतिथि खत्रीको द्धन्द्धकालमा माओवादीले हत्या गरेको थियो । आमा तारा अस्पताल बाजुरामा सरसफाइ गर्ने कर्मचारीका रुपमा छन् । धेरै ठाउँमा उपचारका लागि हारगुहार गरेको भएपनि कतै बाट सहयोग नभएपछि मर्नुभन्दा अर्को बिकल्प नभएको मिनाले रुदै वताएकि थिइन्, उपचार पाउदा निकै खुशि भएको वताईन् । मिना माद्ययामिक तहको अध्यनरतको बेला बिद्यालय स्तरीय नृत्य प्रतियोगितामा प्रथम भएकि थिईन् ।

चर्चामा

सम्बन्धित समाचार