• होमपेज
  • समाचार
  • भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित

भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित

  • शुक्रबार, साउन ६, २०७९
भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित

एजेन्सी — भारतमा आदिवासी जनजाति महिला द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भएकी छन्। बिहीबार राति सम्पन्न मतगणनाअनुसार सत्तासिन गठबन्धन एनडीएकी उम्मेदवार मुर्मू अत्यधिक बहुमतसहित राष्ट्रपतिमा निर्वाचित भएकी हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार मुर्मूको पक्षमा ५ लाख ७७ हजार ७७७ इलेक्टोरोल भोट प्राप्त भएको छ भने पराजित उम्मेदवार यशवन्त सिन्हाको पक्षमा २ लाख ६१ हजार ६२ भोट प्राप्त भएको छ। मुर्मू भारतमा राष्ट्रपति हुने पहिलो आदिवासी र दोस्रो महिला हुन्। ओडिशाकी मुर्मू यसअघि झारखण्डको गभर्नर भइसकेकी छन्। मुर्मूले जुलाई २५ मा राष्ट्रपति पद र गोपनीयताको सपथ लिनेछिन्।

यसअघि दोस्रो चरणको मतगणनाको अन्त्यसम्ममा एनडीए उम्मेद्वार द्रौपदी मुर्मूले कुल मतको ७२ प्रतिशत मत प्राप्त गरिसकेकी थिइन्। पीटीआईका अनुसार दोस्रो राउन्डको गन्ती पूरा हुँदा अरुणाञ्चल प्रदेश, असम, बिहार, झारखण्ड, हरियाणा, हिमाञ्चल प्रदेश, छत्तिसगढ, गोवा र गुजरात गरेर १० राज्यका सबै सांसद र विधायकको मतगणना भइसकेको थियो।

त्यसबेलासम्म करिब ६.७३ लाख भोटमध्ये द्रौपदी मुर्मूले ४.८३ लाख मत पाएकी थिइन्। जबकि उनका प्रतिद्वन्द्वी यशवन्त सिन्हाले १ लाख ८९ हजार मात्रै मत पाएका थिए।

चर्चामा

सम्बन्धित समाचार