सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • हिमालयन बैंकले गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण

हिमालयन बैंकले गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण

  • बुधबार, साउन ४, २०७९
हिमालयन बैंकले गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण

 बाजुरा —बाजुराको खप्तड छेडेदह गउँपालिकामा रहेको हिमालयन बैंकले गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता  वितरण गरेकाे छ । हिमालयन बैंकले सामाजिक सुरक्षा भत्ता वितरण गर्नुका साथै घुम्ती शिविर (मोबाइल बैङ्कीङ सेवा सुरु गरेको हाे । बैंकले गाउँपालिका सँग सहकार्य गरी उक्त शिविर सुरु गरेको बैंकले जनाएकाे छ। बुधबार गाउँपालिकाको ७ नंं वडा कार्यालयमा बैंकले जेष्ठ नागरिक, अशक्त, अशहाय तथा विरामी भएर थलिएका लाभ ग्राहिहरुलाई भत्ता वितरण गरेको हिमालयन बैंक छेडेदह शाखा प्रबन्धक किरण रिजालले बताएका छन । ९४ वर्षिय करी रावत लाई हिमालयन बैंक छेडेदह शाखा प्रबन्धक किरण रिजालले भत्ता दिएर घुम्ती शिविर सन्चालनमा आएको बताएका छन ।
बैंकले वडातह सम्म पुगेर शिविर सन्चालन गर्न लागेपछि स्थानिय बृद्ध—बृद्धा हर्षित भएका छन । शिविर बारे प्रतिकृया दिदै स्थानीय बृद्ध सेतु बुढाले बल्ल स्थानीय सरकार आएको अनुभुती भएको बताइन । हातमा १२ हजार लिएर घर फर्कदै गरेका ९० वर्षिय हिरा ओलीको अनुहारमा खुसी भएको बताएकी छन । यस अघि ४ घण्टा हिडेर बैंक सम्म पुगेकी उनि घर छेउमै बैंकले रुपैंया ल्याइदिएकाले निकै खुसी उनले बताइन् । त्यसै गरि बिरामी भएर थला परेकी ७० वर्षिय मीना देवी नेपालीले घरमै पैसा पाउदा सबै रोग निको भएको जस्तो महसुस भएको बताइन ।
दुर्गम क्षेत्रमा अवस्थित बैंकहरुले स्थानीय बासीलाई नाफा मुखी मात्र नभइ सहज र झन्झट रहित सेवा प्रदान गर्नु पर्ने तथा बित्तिय चेतना मुलक कार्य अनि सामाजिक उत्तरदायित्व समेत बहन गर्नु पर्ने र हिमालयन बैंक त्यस तर्फ उन्मुख रहेकामा आफु सन्तुष्ट रहेको गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावतले बताए । स्थानीय सरकारले स्थानीय जनाताको भावना अनुसार काम गर्नु पर्ने र स्थानीय निकायमा सन्चालित सम्पुणर् मातहतका कार्यालयले जिम्मेवारी पुणर् कामकाज गर्नुृ जनप्रतिनिधीको दायित्व रहेको अध्यक्ष रावतले बताए । साथै आफु सरकारमा बसेर जनताको पिर मर्का टुलुटुलु हेरेर बस्न नसक्ने कुरा प्रष्ट पारेका छन ।
त्यसै गरी प्रमुख प्रशासकीय अधिकृत कृष्ण राज जोशीले सरकारले सामाजिक सुरक्षा भत्ता अनिवार्य बैंक मार्फत भुक्तानी गर्नु पर्ने व्यवस्था लागु गरे पछि देशका धेरै स्थानमा विषेश गरि दुर्गम क्षेत्रमा निकै सकस रहेको र बैंकको यस किसिमका कार्यक्रमले बृद्ध तथा अशक्तहरुलाई राहत भएको बताए । बैंकहरुले आफ्नो सामाजिक उत्तरदायित्व बोध गरेर देश भरी नै यस किसिमको सुविधा दिनु पर्ने प्रमुख प्रशासकिय अधिकृत जोशीले बताए ।

वडा अध्यक्ष खगेन्द्र रावतले बैंकले वडा बासी लाई वडा सम्म आएर रकम भुक्तानी गरेकोमा बैंकलाई धन्यवाद दिएका छन । जिल्लामै पहिलो पटक भत्ता वितरणको लागी शिविर सन्चालन गर्न लागेको उक्त शिविरमा गाउँपालिका अध्यक्ष दिल बहादुर रावत, प्रमुख प्रशासकीय अधिकृत कृष्ण राज जोशी, वडा अध्यक्ष खगेन्द्र रावत लगाएतको उपस्थिती थियो । बैंकले प्रत्येक तिन महिनामा सबै वडा कार्यालहरुमा पुगेर अशक्त, अशहाय तथा वृद्धहरुको लागी शिविर सन्चालन गरि सामाजिक सुरक्षा भत्ता बितरण गर्ने जनाइएको छ । स्थानीयले बैंक प्रतिनिधि लगायत उपस्थित सबैलाई फुलमाला सहित स्वागत गरेका थिए ।
हिमालयन बैंकको सकृयतामा यस अगीनै खप्तड छेडेदह गाउँपालिकामा “एक घर एक बैंक खाता” सन्चालनमा ल्याइ गत २०७७ साल फागुन २८ गते एक विषेश समारोहका बिच देशकै नमुना पालिका घोषणा गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार