सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाका करार कर्मचारीको नविकरण थप

बडिमालिका नगरपालिकाका करार कर्मचारीको नविकरण थप

  • सोमवार, साउन २, २०७९
बडिमालिका नगरपालिकाका करार कर्मचारीको नविकरण थप

जंग रावल/ बाजुरा — बाजुराको बडिमालिका नगरपालिकामा करारमा रहेका १ सय २० कर्मचारीको नविकरण थप गरेको छ । नगरपालीकाको कार्यपालिकाको निणर्य अनुसार करार कर्मचारीको नविकरण थप गर्ने निणर्य गरेको बडिमालिका नगरपालिकाका प्रबक्ता धर्मराज पाध्यायले बताएका छन ।
२०७९ साउन १ देखि लागू हुने गरी बडिमालिका नगरपालीकाको कार्यालय र विभिन्न वडाका सबै कार्यरत कर्मचारीको करार अवधि ३ महिना थप गरेको बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले बताएका छन । ३ महिना पछि कार्यसम्पादनका अाधारमा नविकरण गर्ने खड्काले वताए ।
देशभरका कतिपय स्थानीय तहमा विगतका वर्षदेखि करार कर्मचारीको म्याद नथपेको भन्दै आन्दाेलीत भएका भए पनि जिल्लाको सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिकाले करार कर्मचारीको म्याद थप्नुलाई सकरात्मक भएको स्थानियको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार